![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । यस साता पहिलो दिन अर्थात सोमबारले बजारलाई निराशाजनक बनाएको भएतापनि साताको अन्तिम ३ कारोबार दिनले भने लगानीकर्तामा उत्साह थपेको छ ।
आइतवार संविधान दिवसका कारण सार्बजनिक विदा परेकाले साताको पहिलो कारोबार सोमवारवाट प्रारम्भ भएको थियो । पहिलो कारोबार दिनले भने सातालाईनै निराशाजनक बनाउदै भारी अंकका साथ नेप्सेमा गिरावट आयो ।
११४.०२ अंकले घटेको सोमबारको कारोवारपछि लगानीकर्ताहरु अब बजार वियरीस तिर लागेको अनुमानमा लाग्न थाले र अत्तालिदै ‘स्टक लस’ कम गर्न तिर लागे । यद्यपी, मंगलवारको बजार केहि सम्हालिन थालेको देखियो । त्यसैले मंगलवार दोहोरो अंकका साथ नेप्सेमा सुधार आयो । यस दिन १३.८७ अंकले नेप्से बढ्यो ।
दोश्रो कारोबार सामान्य अंकले नेप्से बढेको भएपनि बुधवार भने जुन गतिमा पहिलो कारोबार दिन नेप्से घटेको थियो ठिक त्यहि गतिमा तेश्रो कारोबार दिन पुनः ‘बाउन्च ब्याक’ भयो । फलत बुधवार बजार १०४.८८ अंकले नेप्से बढ्यो ।
घट्दै गएको बजार सम्हालिनका लागि मंगलवार केहि सकारात्मक वातावरणहरु बनेको लगानीकर्ताहरुको बुझाई रहेको छ । एक लगानीकर्ताले अर्थ बुलेटिनसंग भन्नुभयो ‘धितोपत्र वोर्डका तात्कालिन अध्यक्ष भिष्मराज ढुगांनाको अनियमिता छानविन गर्न बनेको समितिले कारवाहिको सिफारिस सहित अर्थ मन्त्रीलाई प्रतिवेदन पेश गर्नु, बैंकहरुको तरलता सम्हालिदै जानु, बैंकहरुलाई बढ्दो ब्याजदर घटाउन राष्ट्र बैंकवाट सूचना जारी हुनु जस्ता राज्यका कदमहरुले शेयर बजारमा सकारात्मक माहोलहरु बनेकाले बुधवार भारी अंकका साथ बजार ‘बाउन्च ब्याक’ भएको हो । यो यात्रा अब निरन्तर ३२०० बिन्दु पार नगर्दासम्म जारी रहन्छ ।’
यद्यपी, यस साताको बजारको कारोबार रकम भने त्यति सन्तोषजनक नरहेको लगानीकर्ताहरुको बुझाई रहेको छ । पहिलो कारोबार दिन सर्बाधिक ११४ अंकले नेप्से घट्दा करिब साढे ८ अर्बको कारोबार भयो भने बुधवार नेप्से सर्बाधि करिब १०५ अंकले बढ्दा करिब सवा ६ अर्बको रकमको कारोबार भयो ।
लगानीकर्ताको आकर्षण बैंक तर्फ
यस साता सानीमा, सिटिजन्स बैंक लगायतका बैंकहरुले वोनस घोषणा गरेका छन् । यो संगै अब धमाधम बैंकहरुको बोनस घोषणाको ‘सिजन’ सुरु हुन लागेको छ । यसले गर्दा अबको बजारमा लगानीकर्ताहरु बैंकतर्फ मोडिन लागेको संकेत विहिवारको बजारले देखाएको छ ।
विहिवार बैंक र फाइनान्स उपसमुहका शेयर मुल्यको मात्रै बजार बढ्यो भने अन्य सबै समुहहरुको शेयर मुल्य लगानीकर्ताको आकर्णण बैंक तर्फ मोडिएको अनुमान नलगानीकर्ताहरुले गर्न थालेका छन् ।