बजार फेरी भारी अंकले घट्योकारोबार रकम साढे छ अर्ब, बैकिङ क्षेत्रमा सबैभन्दा धेरै कारोबार

 अर्थ बुलेटिन   १० असोज, २०७८



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से भारी अंकले घटेको छ । 

गत साता अन्तिम ३ कारोबार दिनले सकारात्मक संचार गराएको बजार यस साता पहिलो दिनमानै २ दशमलब १७ प्रतिशत अर्थात ६१ दशमलब २८ अंकले घट्दै नेप्से २७५८ दशमलब २८ बिन्दुमा पुगेर रोकियो । यस्तै, सेन्सेटिभ इन्डेक्स समेत १० दशमलब ८० अंकले घटेको छ ।

आज बजार घटेसंगै गत साताको अन्तिम कारोबार दिनमा भएको कारोबार रकम समेत घटेको छ । आज कारोबार रकम ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाको कारोबार भएको छ । 

आइतवार वाणिज्य बैकको समुहमा सबैभन्दा धेरै कारोबार भएको छ । दोश्रो धेरै कारोबार हुनेमा हाइड्रोपावर समुह रहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation