

२२ चैत, २०८१ | 04 Apr, 2025
एक परिचय
खाद्यपदार्थ एक भोजन तथा शरीरको लागि पोषण पनि हो । भोजन भन्नाले प्राणीलाई मन पर्ने खानेकुराहरु हुन् भने पोषण भन्नाले भोजनमा निहित पोषक तत्वहरु हुन् ।
मानव जीवनको विभिन्न कालखण्ड हुदै हाल विश्वका मानिस एकढिका भएको छन् । मानव जीवनलाई आवश्यक सम्पूर्ण पदार्थहरु विश्वमा सर्वत्र नपाउने हुँदा आजको वैज्ञानिक युगमा आयात र निर्यात गर्न सहजता अपनाउनका लागि सन् १९९५ मा विश्व व्यापार संगठन (WTO) र व्यापारका लागि प्राविधिक वाधा (Technical Barrier to Trade-TBT) गठन भई कार्यान्वयनमा आएको छ ।
खाद्यपदार्थको निर्माण गर्न एकरुपता कायम गर्न तथा शरीरलाई आवश्यक पोषण सो खाद्य पदार्थमा उपयुक्त मात्रामा राख्न आवश्यक परी एक मानकको खाँचोको महसुस गर्दै विश्व खाद्य संगठन (FAO) र विश्व स्वास्थ संगठन (WHO) द्धारा November 1961 मा स्थापना गरीएको Codex Alimentarious (CAC) हो । अर्को शब्दमा CAC एक प्रकारको खाद्य सुरक्षा र उपभोक्ता संरक्षण सम्बन्धि मानक (Standard) तयार पार्ने स्वतन्त्र आयोग हो ।
यस संस्थाले उपभोक्ताको स्वास्थ्य रक्षा, अन्तराष्ट्रिय व्यारापको सुविधा र अन्तराष्ट्रिय खाद्य व्यापारमा उचित अभ्यास सुनिश्चित गर्नको लागि October 1963 मा रोममा पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन गरेकोे थियो ।
यस अतिरिक्त सदस्य राष्ट्रहरुमा National codex committee खोल्न अभिप्रेरित गर्ने, आयात निर्यात गर्दा पदार्थको गुणस्तरमा आउने विवादलाई समाधान गर्न सहयोग गर्ने कामहरु गर्ने गर्दछन् । यस संस्थामा सन् २०२१ January को अन्तसम्ममा १८८ राष्ट्र, युरोपियन संघ, १६४ गैह्र सरकारी संगठनहरु सदस्यको रुपमा रहेको छ ।
धेरैजसो मुलुकहरुको आफ्नै खाद्य सुरक्षाका मापदण्डहरु पालना गरेका हुन्छन् । नेपालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC) मार्फत मानक गुणस्तरका लागि तयार पारेको खाद्य ऐन २०२३, राष्ट्रिय खाद्य स्वच्छता नीति, २०७५ लागु गरेको छ । त्यस्तै भारतमा मानक गुणस्तर Food Safety and Standard Authority of India (FSSAI) ले हेर्ने गर्दछ । ती मानक गुणस्तर तयार पार्न CAC लाई समेत सहायता लिन्छ ।
Codex Alimentarious द्धारा तयार पारेको मानक गुणस्तर सदस्य राष्ट्रहरुले Sanitary र Phytosanitari (SPS) र Technical barrier to Trade (TBT) र WTO लागु गरेको पाइन्छ ।
उद्देश्य
उपलब्धि
दुग्ध क्षेत्रका Codex मानक
CAC ले खाद्य पदार्थ तथा पशुपन्छी लगायत कृषि उत्पादनमा प्रयोग हुने औषधीको अवशेषको अधिकतम स्तर मानक मापदण्डहरु बनाएको छ । यस लेखमा केही दुग्ध पदार्थको मापदण्ड (तालिका १) रहेको छ ।
विश्व व्यापारमा Codex को भूमिका
Codex ले खाद्य क्षेत्रमा सुधारका लागि खेलेको भूमिका उल्लेखनीय छ । छिमेकी मुलुक भारतको महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा प्रशस्त उत्पादन हुने अंगुर वेलायत लगायत अन्य मुलुकहरुमा सन् १९९१ देखी निर्यात हुने गरेको उल्लेख भएको देखिन्छ ।
भारतले सम्झौता गरे बमोजिमको अंगुरको निर्यात गर्न नसकेको हुदा सन् २००३ मा गरेको अध्ययन अनुसार कृषक स्तरमा उत्पादन हुने अंगुरको गुणस्तर राम्रो भएको नपाइएको, विषालु रहेको हुदा निर्यातमा अवरोध आएको अध्ययनले देखाएको थियो ।
सो लाई ब्यवस्थित गर्न CAC ले भारत सरकार एवं Agriculture and Processed Food Products Export Development Authority (APEDA) संग सहकार्य गरी २ वर्ष लगाई कृषक स्तरमा सुधारका कामहरु (प्राविधिक तालिम, असल उत्पादन अभ्यास) का साथै निजहरुलाई उत्पादनमा अभिप्रेरित गरी करिव ४० हजार कृषक र १५० निर्यातकर्ता प्रत्यक्ष लाभान्वित भई व्यवसायीकरणमा सफलता प्राप्त गरेको उदाहण हो ।
यस समस्यालाई CAC ले बनाएको मानक मापण्डभित्र रही अधिकतम मेलामाइलको प्रयोग गर्न सक्ने सीमा कायम गर्न लगाई परिस्थितिलाई समाधान गर्न सहयोग गरेको अर्को उदाहरण हो ।
नेपालको सन्दर्भमा Codex
नेपालमा Codex सन् १९८३ मा गठन भएको ईतिहास छ । केहीं समयपछि National Codex Committee (NCC) समेत गठन भएको हो । CAC ले राष्ट्रिय स्तरको खाद्यपदार्थको गुणस्तर कायम गर्न केही हदसम्म सहयोग पु¥याएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई राष्ट्रिय स्तरको मानक तयार पार्न सहयोग गरेको छ । नेपालमा NCC सक्रिय रुपमा क्रियाशिल नहुनुमा श्रोत र साधनको कमी तथा कानूनी प्रावधानहरुको कमीले भएको विश्लेषण गर्न सकिन्छ ।
यस अतिरिक्त निर्यात योग्य केहीं उत्पादनहरुको मानक नभएको सन्दर्भमा ऋब्ऋ को मानक तथा सुरक्षाका मापदण्ड (Safety parameter) अपनाई गर्ने गरेको पाइन्छ ।
उपसंहार
Codex एक अन्तराष्ट्रिय खाद्य मापदण्ड तयार गर्ने निकाय हो । नेपाल विश्व व्यापार संगठन राष्ट्रको सदस्यको नाताले आयात, निर्यात गर्दा एक रुपता कायम गर्न आवश्यक रहेकोे हुदा NCC क्रियाशिल हुनु पर्दछ ।
सन्दर्भ सामग्री
An overview of national Codex Committees in the Member States of the WHO South-East Asia Region,
World Health Organization, Regional office for South East Asia, 2012
https://www.wto.org/english/thewto_e/coher_e/wto_codex_e.htm(Cited date: 2021/09/21)
https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC2799451/ (Cited date: 2021/09/22)
http://www.fao.org/dairy-production-products/products/codex-alimentarius/en/ (Cited date 2021/9/23)
S. Dave (2014). CODEX Case Studies from India. Advisor, Food Safety and Standards Authority of India
https://en.wikipedia.org/wiki/2008_Chinese_milk_scandal (Cited date: 2021/9/22)