२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आइतवावाट उकाली यात्रा आरम्भ गरेको शेयर बजारले मंगलवार पनि उच्च अंकको बृद्धि हुदैं यो यात्रालाई निरन्तरता दिएको छ ।
मंगलबार नेप्से सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स पनि ११.५० अंकले बढेको छ।
नेप्से सूचक उच्च अंकले बढ्दा कारोबार रकम पनि निरन्तर बढ्न थालेको छ। सोमबार नै औषत कारोबार अर्थात ४ अर्ब बढीको कारोबार भएकोमा मंगलबार कारोबार रकम साढे ६ अर्ब नजिक पुगेको छ।
यस दिन ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३१ रुपैयाँ बराबरको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर कारोबार भएको छ।
आइतवार २७.५१ (२५८४.५२) अंक, सोमवार ८७.६३ (२६७२.२५) अंक र मंगलवार ७८.८२ (२७५१.०७) अंक गरी यो साताको ३ कारोबार दिनमानै नेप्से परिसूचक १९३.९६ अंकले बढेको छ ।
नेप्से मात्रै होइन आइतवारदेखिनै निरन्तर कारोकार रकम समेत बढेको छ । आइतवार २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँ , सोमवार ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ र मंगलवार ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३१ रुपैयाँ गरी क्रमिक रुपमा कारोबार रकममा समेत बृद्धि आइरहेको छ ।
नेप्से परिसूचक र कारोवार रकममा मात्रै हौइन कम्पनीहरुमा सकारात्म सर्किट लाग्ने क्रमम पनि बढ्दै गएको छ । आइतवार २ वटा कम्पनीको शेयर मुल्य १० प्रतिशतको सकारात्मक सर्किट लेवलमा कारोवार भयो भने सोमवार १७ वटा कम्पनीहरुको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्यो । यो क्रम मंगलवार अझै बढेर २० वटा कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । यस दिन उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन्।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा निरन्तर भईरहेको बृद्धिले लगानीकर्ताहरुलाई थप उत्साहित बनाएको उनिहरुको भनाई रहेको छ ।
शेयरमूल्य उच्च रुपले बढ्ने कम्पनीमा खानीखोला हाइड्रोपावर, ङादी ग्रुप पावर, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र चन्द्रागिरी हिल्स शीर्ष स्थानमा रहेका छन्।
यस्तै उच्च रुपले शेयरमूल्य घट्ने कम्पनीमा साना किसान लघुवित्त सबैभन्दा शीर्ष स्थानमा रहेको छ। उसको शेयरमूल्य प्रतिकित्ता २ प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावरको ०.९७ प्रतिशत र कालिका लघुवित्तको ०.८९ प्रतिशतले घटेको छ।
यस दिन कामना सेवा विकास बैंकको सबैभन्दा धेरै ४४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको ३४ करोड ७८ लाख, एनआइसि एशिया बैंकको २४ करोड ५५ लाख र अरुण भ्याली हाइड्रोपावरको १६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
मंगलबार होटल उपसमूहको सूचक सबैभन्दा धेरै ७.५१ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ५.६१ प्रतिशत र हाइड्रोपावर उपसमूहको पनि ४.३३ प्रतिशतले बढेको छ। अन्य सबै उपसमूहको सूचक पनि सकारात्मक छन्।