२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आइतवारदेखिनै उकाली यात्रा आरम्भ गरेको शेयर बजारले यस साताको ४ कारोवार दिनमध्ये चारै दिन उकाली यात्रा तया गरेको छ ।
बुधवार नेप्से ०.६६ प्रतिशत अर्थात १८.०६ अंकले बढेर २७६९.१३ अंकमा पुगेको छ । यो संगै चार दिनको अवधिमा नेप्से २०० भन्दा धेरै अंकले बढेको छ । यो अवधिमा २१२.०२ अंकले नेप्से परिसूचक बढेको छ ।
यस अघि आइतवार २७।५१ ९२५८४।५२० अंक, सोमवार ८७।६३ ९२६७२।२५० अंक र मंगलवार ७८।८२ (२७५१.०७) अंकले नेप्से परिसूचक बढेको थियो ।
नेप्से सूचक उच्च अंकले बढ्दा कारोबार रकम पनि निरन्तर बढ्न थालेको छ । बुधवार शेयर कित्ताको खरिद विक्रि संख्या समेत उच्च दरमा बृद्धि भएको छ । यस दिन १ अर्ब १५ लाख ९२ हजार २३५ कित्ता शेयरको खरिद विक्र हुदै ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँको कारोवार भएको छ ।
मात्रै होइन आइतवारदेखिनै निरन्तर कारोकार रकम समेत बढ्दै आएको छ । यस अघि आइतवार २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँ, सोमवार ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ र मंगलवार ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३१ रुपैयाँ गरी क्रमिक रुपमा कारोबार रकम बृद्धि हुँदै आइरहेको थियो भने यो क्रम बुधवार पनि जारी रहयो ।