

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी बिजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।
बैंकको सञ्चालक समितिको यहि कार्तिक १० मा बसेको बैंठकले सोहि दिनदेखिनै लागू हुने गरी नियुक्त गरेको एन आइ सी एशिया बैंकले विज्ञप्ती मार्फत जनाएको छ ।
नवनियुक्त सञ्चालक बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ ।
फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी उहाँ कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गर्नुभई सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश हुनुभएको थियो ।