![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आइतवारदेखिनै उकाली यात्रा आरम्भ गरेको शेयर बजारले यस साताको ५ वटै कारोवार दिन उकाली यात्रानै तया गरेको छ ।
विहिवार नेप्से ०.४७ प्रतिशत अर्थात १२.९८ अंकले बढेर २७८२.१२ अंकमा पुगेको छ । यो संगै पाँच दिनको अवधिमा नेप्से सवा २ सय अंकले बढेको छ । अर्थात, यो अवधिमा २२५.०० अंकले नेप्से परिसूचक बढेको छ ।
यस अघि आइतवार २७.५१ (२५८४.५२) अंक, सोमवार ८७.६३ (२६७२.२५) अंक, मंगलवार ७८.८२ (२७५१.०७) अंक र वुधवार १८.०६ (२७६९.१३) अंकले नेप्से परिसूचक बढेको थियो ।
नेप्से परिसूचकसंगै निरन्तर आइतवार देखि बढिरहेको कारोबार रकम बुधवारको तुलनामा विहिवार केहि सुस्ताएको छ । यस दिन ९२ लाख ३६ हजार ६१३ कित्ता शेयरको खरिद विक्र हुदै ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२७ रुपैयाँको कारोवार भएको थियो ।
यस अघि आइतवार २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँ , सोमवार ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ, मंगलवार ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३१ रुपैयाँ र बुधवार ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँ गरी क्रमिक रुपमा कारोबार रकम बृद्धि हुँदै आइरहेको थियो । कारोवार रकम वृद्धिको क्रम विहिवार भंग भएको छ ।