अब नेप्से पूनः नयाँ रेकर्ड बनाउने ‘टार्गेट’ मा कारोबार रकम ८ अर्ब नजिक

 अर्थ बुलेटिन   १४ कार्तिक, २०७८



काठमाडौं । गत साताको ५ कारोबार दिननै बढेको बजार यो साताको पहिलो कारोबार दिन समेत भारी अंकले बढ्यो । यो संगै अब बजार वुलिसको लयमा पूनः फर्किएको लगानीकर्ताहरुले विश्लेषण गर्न थालेका छन् । 

लगानीकर्ताहरु भन्छन् “गत साता देखि निरन्तर बढेको बजारले यो सातापनि निरन्तरता दिने संकेत दिनु र करिब ८ अर्ब नजिक कारोबार रकम पुग्नुले अब बुलिसको पुरानो लयमा बजार फर्किएको प्रष्ट हुन्छ ।” उनिहरु भन्छन् “अब नेप्से पूनः नयाँ रेकर्ड बनाउने ‘टार्गेट’ मा दैडिन थाल्यो साना तिना करेक्सन आएपनि अब नेप्से अब ३५ सयको विन्दु नपुगी फर्कदैन ।” 

यो संगै आज साताको पहिलो दिन आइतवार नेप्से परिसूचक करिब २ प्रतिशत बढेको छ । परिसूचक मात्रै नभईकन आज कारोबार रकम समेत उल्लेख्य बढेको छ । 

आइतवार नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ९.४६ अंकले बढेको छ।

यस अघि आइतवार २७.५१ (२५८४.५२) अंक, सोमवार ८७.६३ (२६७२.२५) अंक, मंगलवार ७८।८२ (२७५१.०७) अंक, वुधवार १८.०६ (२७६९.१३) र विहिवार १२.९८ (२७८२.१२) अंकले नेप्से परिसूचक बढेको थियो । गत साता ५ दिनमा नेप्से परिसूचक कुल २२५.०० अंकले बढेको थियो । 

नेप्से परिसूचकसंगै गत आइतवार देखिनै निरन्तर बढिरहेको कारोबार रकम गत विहिवार केहि सुस्ताएको भए पनि आज एका–एक ८ अर्ब नजिक पुगेको छ । 

नेप्सेको बढाइलाई आइतबारको कारोबार रकमले पनि साथ दिएको छ। गत विहिबार ५ अर्ब भन्दा कमको शेयर कारोबार भएकोमा आइतबार झण्डै ८ अर्ब नजिक पुगेको छ। यस दिन ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९२ रुपैयाँ बराबरको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।

यस अघि गत साता आइतवार २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँ , सोमवार ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँ, मंगलवार ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३१ रुपैयाँ, बुधवार ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँ र विहिवार ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२७ रुपैयाँको कारोवार भएको थियो । 

आइतबार विकास बैंक, हाइड्रोपावर र उत्पादनमुलक कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ । यस दिन कारोबारमा आएका १३ उपसमूहका बैंकिङ्ग उपसमूहबाहेक १२ वटा उपसमूहको सूचक सकारात्कम देखिएको छ । जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ६.५४ प्रतिशतले बढेको छ ।

आइतबार कारोबारमा आएका १२ कक्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड इन्स्योरेन्स,लुम्बिनी विकास बैंक,सामुदायिक लघुवित्त, पाँचथर पावर, हिमालयन उर्जा र चन्द्रागिरी हिल्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

आइतबार एभरेष्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ६.५० प्रतिशतले घटेको छ भने बेष्ट फाइनान्सको २.२२ प्रतिशत, जीवन विकास लघुवित्तको १.३३ प्रतिशत, नविल बैंकको १.१३ प्रतिशत, कृषि विकास बैंकको १.१२ प्रतिशत र ग्लोबल आइएमई बैंकको १.०७ प्रतिशतले घटेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation