सिइओको धन्यवाद सन्देश“१० मुख्य सूचकमा नम्वर वान”

 अर्थ बुलेटिन   १६ कार्तिक, २०७८



काठमाडौं । चालु आ.व. को पहिलो त्रैमासको प्रतिवेदनका आधारमा निजी क्षेत्रका वाणिज्य बैंकहरु मध्येमा सर्वाधिक नाफा कमाउन सफल एन आइ सी एशिया बैंकले सरोकारवाला सबैलाई धन्यावाद ज्ञापन गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपानेले आफ्नो फेसवुक मार्फत “१० मुख्य सूचकमा नम्वर वान – एन आइ सी एशिया बैंक” को शिर्षक राखेर स्टाटस लेख्दै ‘आगाध स्नेह एवं भरोसा दर्शाइ आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरी सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाइदिनुहुने हाम्रा समस्त आदरणीय ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत हजुर सबै सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहीत रहँदै हजुरहरू सबैमा सादर नमन गर्दछौं’ भन्नु भएको छ । 

सिइओ न्यौपानेले वासलातको आकार – पहिलो, कर्जा  – पहिलो, निक्षेप – पहिलो, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको) – पहिलो, खुद नाफा – पहिलो, स्वँ–पूजीमा प्रतिफल – पहिलो, प्रति शेयर आम्दानी – पहिलो (निजी क्षेत्रको बैंकहरूमा), शाखा कार्यालय – पहिलो, एटिएम – पहिलो, ग्राहक संख्या – पहिलो (निजी क्षेत्रको बैंकहरूमा) भन्दै १० मुख्य सूचकहरुमा बैंक पहिलो नम्वरमा रहेको बताउनु भएको छ ।

बैंकका कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपानेको फेसवुक स्टाटस–

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation