२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । सोमबार सामान्य करेक्सन भएको बजार एक दिनमानै पूनः लयमा फर्किएको छ । गत साता ५ कारोबार दिननै बढेको नेप्से परिसूचक यो साताको पहिलो कारोबार दिन समेत बढेको थियो ।
यद्यपी सोमवार १७.७५ अंकले घटेको भएपनि त्यसको भोलिपल्टनै बजार ०.८४ प्रतिशत अर्थात २३.७६ अंकले बढेको छ । आज नेप्से बढेर २८४३.६२ अंकमा पुगेको छ । आज नेप्से परिसूचकसंगै सेन्सेटिभ इन्डेक्स समेत २.८४ अंकले बढेको छ ।
बजार बढेको भएपनि सोमवारवाटनै कारोवार रकम भने ओरालो लाग्न थालेको छ । आइतवारको तुलनामा सोमवार सामान्य कारोबार रकम घटेको भएपनि सोमवारको तुलनामा आज मंगलवार भने कारोबार रकम धेरैनै घटेको छ ।
यस साताको पहिलो दिन आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमवार ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यो क्रम मंगलवार पनि पूनः ओरालो लाग्दै ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८.३७ रुपैयाँको मात्र कारोवार भएको छ । यस दिन ९९ लाख ७७ हजार ४८३ कित्ता खरिद विक्रि भएको छ ।