![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । तिहार सकिए लगतै शुरु भएको शेयर कारोबारमा पहिलो र दोश्रो दुबै दिन नेप्से परिसूचक घटेको छ ।
तिहार सकेर सोमवारदेखि खुलेको शेयर बजारमा सोमवार १९.२० अंक र मंगलवार ७९.७९ अंकले गरी २ दिनको अनन्तरालमा १०० अंकले बजार घटेको छ ।
यद्यपी नेप्से परिसूचक घटेको भएपनि कारोबार रकमले भने लगानीकर्ताको मनोबललाई उच्च बनाउदै लगेको छ । तिहार पछिको पहिलो कारोबार दिनको तुलनामा दोश्रो कारोबार दिनमा भने कारोबार रकममा उल्लेख्य सुधार आएको छ ।
सोमवार ४ अर्ब ४२ करोड ७ लाख १९ हजार रुपैयाँबराबरको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर खरिदबिक्री भएको थियो भने मंगलवार यो कारोबार रकम बढेर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ बराबरको १ करोड १९ लाख १७ हजार ०७७ कित्ता शेयर कारोबार भएको छ।
मंगलबार नेप्से सूचक ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १६.०२ प्रतिशतले घटेको छ।
यस दिन मानुषि लघुवित्त, साहस उर्जा र तेह्रथुम पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने युनिलिभरको १.७३ प्रतिशत र प्राइम कमर्शियल बैंकको १.५७ प्रतिशतले बढेको छ।
मंगलबार आइसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुलि लघुवित्तको ७.४२ प्रतिशत, गुडविल फाइनान्सको ६.८५ प्रतिशत र सामुदायीक लघुवित्तको ६.८३ प्रतिशतले घटेको छ।
यस दिन नविल बैंकको सबैभन्दा धेरै २९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने साहस उर्जाको २५ करोड ७९ लाख, अपि पावरको २२ करोड ३६ लाख, नेश्नल हाइड्रोको २० करोड ९४ लाख र प्राइम कमर्शियल बैंकको २० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
घटेको बजारमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ। यी दुबै उपसमूहको सूचक ५ प्रतिशतभन्दा धेरैले घटेको छ भने हाइड्रोपावर उपसमूहको पनि ३.२१ प्रतिशतले घटेको छ। बाँकी सबै उपसमूहाके सूचक पनि नकारात्मक देखिएका छन्।
साता आइतवार देखि विहिवार सम्म गरी ५ दिन शेयर कारोबार हुदै आएको भएपनि यस साता आइतवार तिहारको सार्बजनिक विदा र बुधवार छटको सार्बजनिक विदा परेकाले जम्मा ३ दिन मात्रै शेयर कारोबार हुने भएको छ ।