२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।
मूल्य बृद्धि पूर्ब र पछिको दररेट (मूल्य सूचि):
क्र.स. |
इन्धन |
पूरानो दररेट (रु) |
नयाँ दररेट (रु) |
मूल्य वृद्धि (रु) |
१ |
एलपी ग्याँस |
१५०० |
१५७५ |
७५ |
२ |
पेट्रोल प्रतिलिटर |
१३३ |
१३६ |
३ |
३ |
डिजेल प्रतिलिटर |
११६ |
११९ |
३ |
४ |
मटितेल प्रतिलिटर |
११६ |
११९ |
३ |
५ |
हवाई इन्धन प्रतिलिटर (आन्तरिक) |
९६ |
१०१ |
५ |
६ |
हवाई इन्धन प्रति किलो लिटर (अन्तराष्ट्रिय) |
|
अमेरिकी डलर ८९५ |
|
त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. १७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।