![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । तिहार पछि घट्न शुरु गरेको शेयर बजार आज तेश्रो दिन पनि निरन्तर घटेको छ।
यस हप्ता कारोबार भएको ३ दिनमा तिनै दिन नेप्से परिसूचक घटेको छ भने ३ दिनको अवधिमा करिब डेढसय भन्दा धेरै घटिसकेको छ ।
यस साताको अन्तिम दिनको कारोबारमा आज २.१७ प्रतिशत अर्थात ५९.५७ अंकले घट्दै नेप्से २६९०.२९ बिन्दुमा पुगेर रोकियो । यस्तै, सेन्सेटिभ इन्डेक्स समेत १०.६३ अंकले घटेको छ ।
आज बजार घटेसंगै अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत केही घटेको छ । आज ९४ लाख ७५ हजार ९३६ कित्ताको खरिद विक्रि हुँदा रु ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५३९.६८ रुपैयाको कारोबार भएको छ ।
आज महालक्ष्मी विकास बैकको सबैभन्दा धेरै कित्ता र रकमको कारोबार भएको छ भने महालक्ष्मी विकास बैक र आइसिएफसीका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । यि दुबै सस्थाको आज ९.९९ प्रतिशतका दरले शेयर मुल्य घटेको छ ।