

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । सिभिल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे नियुक्त हुनुभएको छ ।
बैंकको यहि मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक पाण्डेलाई संचालक समितिको अध्यक्षपदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
बैठकपछि आयोजित पदस्थापन कार्यक्रममा नव नियुक्त पाण्डेले बैंकका संचालकहरुलाई सम्वोधन गर्दै सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदको गहन जिम्मेवारी प्रदान गर्नुभएकोमा सबै संचालकहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वोल्दै नवनियुक्त अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहने जोड दिनुभयो ।
यस्तै, सोहि कार्यक्रममा वोल्दै बैंकका विभिन्न संचालकहरुले नव नियुक्त अध्यक्ष पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले भन्नुभयो “अब उहाँको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउनको लागि थप मद्दत मिल्नुका साथै सबै संचालकहरुको भरपुर साथ र सहयोग रहने छ ।”