२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । तिहार पछि यसै साताको सोमवारदेखि निरन्तर उकालो लागिरहेको शेयर बजारले यस साताको अन्तिम दिनको कारोबारमा उकालीयात्रावाट आराम गरेको ।
विहिवार नेप्से परिसूचक १.१६ प्रतिशत अर्थात ३२.३९ अंकले घटेर २७६९.१३ अंकमा रोकिएको छ ।
आज बजार घटेसंगै अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत केही घटेको छ । आज कारोबार रकम साढे ५ अर्ब पनि पुगेन । आज ९८ लाख ६२ हजार ९४० कित्ताको खरिद विक्रि हुँदा रु ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९.८४ रुपैयाको कारोबार भएको छ । बुधवार ७ अर्ब ३७ करोड भन्दा धेरै रकमको कारोबार भएको थियो ।
आज मानुषी लघुवित्त वित्तिय सस्थाको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मुल्य समेत करिब १० प्रतिशतनै बढेको छ ।
आज नेपाल दुरसंचार कम्पनी लिमिटेडको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै कित्ता कारोबार भएको छ ।