मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा कायमैसाताको २ दिननैै सय अंकले नेस्से घट्यो

 अर्थ बुलेटिन   १३ मंसिर, २०७८



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रवार मौद्रिक नीतिमा गरेको चालु आ.व. को पहिलो समिक्षाको प्रभाव शेयर वजारमा प्रत्यक्ष देखिएको छ । 

त्यस यता कारोबार भएको २ दिननै बजार तिब्र गतिमा घटेको छ । हिजो आइतवार बजार करिब ८० अंकले घट्यो भने साताको दोश्रो दिन वा समिक्षा पछिको दोश्रो कारोबारमा पनि नेप्से परिसूचक २० भन्दा धेरै अंकले घटेको छ । 

शेयरका ठुला लगानीकर्तालाई असर गर्ने गरी राष्ट्र बैंकले लिएको ४/१२ को नीति संसोधन नगरि मौद्रिक नीतिको समिक्षा मौन बस्दा ठुला लगानीकर्ताहरु रुष्ट बनेको छन् । साना शेयर लगानीकर्ताहरुलाई त्यो नीतिले खासै प्रभाव नपारेको भएपनि ठुला लगानीकर्ताको बोलवाला रहेका कारण उनिहरु र दलाल कम्पनीहरुले लगानी नगरीदिदा बजार गिरावटमा गएको एक लगानीकर्ताले अर्थ बुलेटिनसंग आफ्नो राय राखेका छन् ।

उनले भने “बजारमा साना लगानीकर्ताको दवाव कायमै छ जसका कारण आज पनि दिनभरी जसो बजार सकारात्मकनै भएको थियो । यद्यपी अन्तिम समयमा आएर बजारले सानाको मात्रै भरथेग गर्न सकेन र ठुला लगानीकर्ता हावि भईदिदा अन्तिम समयमा बजार घटेको हो । ४/१२ लाई ठुला लगानीकर्ताले कमाईखाने र सानालाई फसाउने माध्यम बनाएका छन् यसले बजारलाई प्रभाव पार्नुपर्ने कुनै अवस्था छैन । पछिल्लो समयका लगानीकर्ताहरु आफुसंग बचत भएको रकम लिएर शेयर बजारमा प्रवेश गरेका छन् । यसले अब चाडै बजारलाई दिगो बनाउदै छ ।”

साताको दोश्रो दिन सोमवार नेप्से परिसूचक ०.८१ प्रतिशत अर्थात २१.४८ अंकले घटेर नेप्से परिसूचक २६३०.०१ अंकमा रोकिएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ६ अंकले घटेको छ । 
नेप्से परिसूचक मात्रै होइन आइतवारको तुलनामा सोमवार कारोबार रकम समेत घटेको छ । सोमवार ८२ लाख २५ हजार ८२२ कित्ताको खरिद विक्रि हुदाँ ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैया १९ पैसाको कारोवार भएको छ । 

यस दिन बजारमा नयाँ कारोबार शुरु भएका न्याङदी हाइड्रोपावर र समलिङिगी पावर कम्पनीको शेयर मुल्य करिब १० प्रतिशतले बढेको छ भने हिजो करिब १० प्रतिशत बढेको आइसिएफसी वित्तिय संस्था आज १० प्रतिशतलेनै घटेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation