अब ४/१२ को क्यापलाई पचाउने प्रयासमा शेयर बजारनेप्से सामान्य घट्दा, सेन्सेटिभ इन्डेक्स बढ्यो

 अर्थ बुलेटिन   १४ मंसिर, २०७८



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रवार गरको मौद्रिक नीतिको पहिलो चालु आ.व. को पहिलो समिक्षाको प्रभावबाट बजार मुक्त हुने प्रयास गरिरहेको छ । 

नीतिले विचलित लगानीकर्ता अत्तालिदा आइतवार भारी अंकले घटेको शेयर बजार सोमवार केहि सम्हालिने प्रयास गरेको थियो भने मंगलवारको नेप्से परिसूचकले करिब त्यसलाई पचाएको संकेत गर्दैछ । यद्यपी, कारोबार रकम भने बढ्न सकेको छैन । 

साताको पहिलो दिन ८० अंकले घटेको बजार २० भन्दा धेरै अंकले घट्यो भने साताको तेश्रो लिनको कारोबारमा नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात १.६४ अंकले घटेर २६२८.३७ अंकमा रोकिएको छ । 

यद्यपी, मंगलवार कारोबार रकम भने धेरैनै घटेको छ । सोमवार ८२ लाख २५ हजार ८२२ कित्ताको खरिद विक्रि हुदाँ ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैया १९ पैसाको कारोवार भएकोमा मंगलवार ६४ लाख ४७ हजार ४४९ कित्ताको खरिद विक्रि हुदाँ ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैया ६८ पैसाको मात्रै कारोवार भएको छ । 

अघिल्लो दिनको जस्तै यस दिन पनि न्याङदी हाइड्रोपावर र समलिङिगी पावर कम्पनीको शेयर मुल्य करिब १० प्रतिशतले बढेको छ । मंगलवार आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै रकमको कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै किक्ता कारोबार भएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation