नेप्सेमा सामान्य बृद्धि, कारोबार रकम घट्यो३ कम्पनीमा करिब १० प्रतिशतको बृद्धि

 अर्थ बुलेटिन   १५ मंसिर, २०७८



काठमाडौं । दिनभर सामान्य उचारचढावका विच कारोबार भएको बुधवारको शेयर बजार अन्तत करिब ५ अंकले बढेको छ । यद्यपी, कारोबार रकम भने दैनिक खस्कदो अवस्थामा देखिएको छ । 
मौद्रिक नीतिले विचलित लगानीकर्ता मंगलवारदेखिनै सम्हालिन थालेबा छन् फलत, बुधवारको बजार केहि बढेर बसेको लगानीकर्ताहरुको बुझाई रहेको छ । 

यस साताको पहिलो दिन ८० अंकले घटेको बजार दोश्रो दिन करिब २१ अंकको घटाईमा झरेको थियो । यो क्रम मंगलवार अझै सुधार हुदै १.६४ अंकले घटेर बजार बसेको थियो भने बुधवार ५ भन्दा धेरै अंकले बढेको छ ।

दोधारमा परेका लगानीकर्ताहरुका बावजुत आइतवारदेखिको नेप्सेको यात्रा र मंगलवार एवं बुधवारको बजारको उतारचढावलाई मुल्याङकन गर्दा विहिवारका लागि बजारले शुभ संकेत देखाएको छ । 

मौद्रिक नीतिको समिक्षा पश्चात यस साताको पहिलो दिन ८० अंकले घटेको बजार दोश्रो दिन करिब २१ अंकको घटाईमा झरेको थियो । यो क्रम मंगलवार अझै सुधार हुदै १.६४ अंकले घटेर बजार बसेको थियो भने बुधवार बजार ५ भन्दा धेरै अंकले सकारात्मकनै भएको छ । 

बुधवार ०.२० प्रतिशत अर्थात ५.२८ अंकले नेप्से परिसूचक बढेको २६३३.६६ अंकमा बसेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१८ प्रतिशत अर्थात ०.८९ अंकले बढेर ४९६.७४ अंकमा रोकिएको छ । 

यद्यपी, कारोबार कित्ता र रकम भने सोमवारदेखिनै क्रम खुम्चदै गएको छ । सोमवार ८२ लाख २५ हजार ८२२ कित्ताको खरिद विक्रि हुदाँ ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैया १९ पैसाको कारोवार भएकोमा मंगलवार ६४ लाख ४७ हजार ४४९ कित्ताको खरिद विक्रि हुदाँ ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैया ६८ पैसाको मात्रै कारोवार भएको थियो । 

कारोवार कित्ता र रकम घट्ने क्रम बुधवारको कारोवारमा पनि निरन्तरतानै रहयो । यस दिन ५३ लाख १० हजार २१५ कित्ताको खरिद विक्रि हुदाँ २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैया ३३ पैसाको मात्रै कारोवार भएको छ । 

अघिल्लो दिनको जस्तै यस दिन पनि न्याङदी हाइड्रोपावर, समलिङिगी पावर कम्पनी र कर्पोरेट विकास बैंकको शेयर मुल्य करिब १० प्रतिशतले बढेको छ । आज पनि मंगलवार जस्तै, आइसिएफसी फाइनान्सको शेयर मुल्य सबैभन्दा धेरै घटेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation