

७ बैशाख, २०८२ | 20 Apr, 2025
रुपन्देही । नेपाल बैंक लिमिटेडले डिटिटल दान गर्नका लागि क्यूआर कोडको प्रयोगलाई जोड दिएको छ ।
नेपाल बैंक लिमिटेड मुर्गिया शाखाले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. १ स्थित पश्चिम नेपालको दोस्रो पशुपतिको रुपमा चिनिने धार्मिक धरोहर श्री परोहा परमेश्वर शिव ज्योर्तिलिé बोलबम धाम मन्दिरमा डिजिटल दान पात्रका लागि क्यूआर कोड प्रदान गर्दै धार्मिक दानमा यसको थालनी गरेको हो ।
बैंकले डिजिटल दान पात्रमा सहभागी भई ‘डिजिटल माध्यम बाट मन्दिरमा दान गरौं’ भन्ने मूल सन्देश साथ नेपाल बैंक लिमिटेड मुर्गिया शाखाले क्यूआर कोड प्रदान गरेको जनाएको छ । सो कार्यक्रममा बैकका लुम्विनी प्रादेशिक कार्यालयका प्रदेश प्रमुख लेखनाथ भुसाल, नेपाल बैंक लिमिटेड मुर्गिया शाखा शाखा प्रवन्धक बाबुराम खरेल लगायत शाखाको सम्पुर्ण टिम र मन्दिर ब्यवस्थापन समितिका ब्यवस्थापन पदाधिकारी, महासचिव पे्रम लाल भुसाल, सचिव कुलचन्द्र ज्ञावाली लगायतको सहभागीतामा क्यूआर कोड प्रदान गरी डिजिटल दान पात्रको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।