डिजिटल मैत्री कुमारीको यात्रामा अर्को छलाङनेपालमै पहिलो पटक फोनलोन भुक्तानी सुविधा

 अर्थ बुलेटिन   २१ मंसिर, २०७८



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पु¥याउने हेतुले गतवर्ष देखि फोनलोन सुविधा संचालनमा छ । 
गत वर्षदेखि संचालनमा आएको छोटो अवधिमानै फोनलोन कर्जामा थप सुविधा दिनको लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको

सहकार्यमा इएमआइ (EMI) मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको छ । 

सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन इएमआइ सुविधा संचालनमा ल्याएको होे । 

कुमारी बैंक लि. मा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आय श्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन्  ।

सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले बताउनुभयो ।

यसको अतिरिक्त पनि योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवा सुविधा उपभोग गर्दा QR Scan गरी सो को Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । यस प्रविधिले QR भुक्तनीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि BNPL लोकप्रिय हुनसक्ने धारणा एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले व्यक्त गर्नु भयो ।

आगामी दिनहरुमा यस फोनलोन लाई अझ बिस्तारित र विकसित गर्दै लगिने कुरा कुमारी बैंकका अनिष ताम्राकारले बताउनुभयो ।

आफ्ना देशव्यापी १९६ शाखा–संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिंग इकाई तथा १४ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation