सरसफाईमा महालक्ष्मी विकास बैंकको योगदान

 अर्थ बुलेटिन   २२ मंसिर, २०७८



काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हेटाँैडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल बिकास संस्थालाई २० थान डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ । 

शहिद स्मारक पार्कमा आयोजित कार्यक्रम बीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौँडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु टोल बिकास संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गर्नु भयो । 

कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने कुरा बताउनुभयो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकका प्रबक्ता दिपेश लम्साल ले बताउनुभयो । 
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । 

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card / Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card अबचम जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation