

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । अघिल्लो साधारण सभामा गणपुरक संख्या नपुगेकाले स्थगित भएको महालक्ष्मी विकास बैंक लि. को बिसौं वार्षिक साधारण सभा यहि फागुण १३ गते पूनः हुने भएको छ ।
यस अघि २०७८ पौष २५ मा तोकिएको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । दोश्रो पटक मिति २०७८ माघ ३ मा तोकिएको बैंकको सभालाई उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै ‘छलफलको टुङ्गो नलागेसम्मनगर्नु नगराउनु’ भनि स्थगित गराएको थियो ।
निवेदकको माग वमोजिम पछिल्लो पटक पूनः उच्च अदालतले आदेश जारी गर्दै ‘यस अदालतवाट मिति २०७८/०९/२३ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन’ भनि फैसला आएकाले अब बैंकलाई स्थगित साधारण सभा संचालनका लागि वाटो फुकेको बैंकका प्रवक्ता दिनेश लम्सालले जानकारी दिनुभयो ।
लम्सालका अनुसार बंैककोे यसै फागुण ५ गते बसेको सञ्चालक समितिको ५१६ औ बैठकले स्थगित बीसौ वार्षिक साधारण सभा फाल्गुन १३ गते शुक्रबारका दिन विहान ११ः०० वजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा भौतिक उपस्थितिमानै संचालन गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गर्नेछ ।