

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । पटक पटक स्थगित हुदै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे बीसौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
“सबल बैंक, सफल सहकार्य” को भिजनलाई आत्मसाथ गर्दै २७वर्ष देखि अनवरत सेवा प्रदान गर्र्दै आइरहेको बैंकको साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी सम्पन्न भएको हो ।
सभामा आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको बैंकले जनाएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको NFRS बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु समेत छलफल गरी स्वीकृत भएको थियो ।
यसैगरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गर्नु भयो ।
स्थगित बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित हुनु भएको छ ।
साथै शुक्रवारनै बसेको संचालक समितिको ५१८औं बैठक राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।