अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २० पैसाआजको विदेशी मुद्राको विनिमय दर

 अर्थ बुलेटिन   २६ फागुन, २०७८



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २० पैसा र बिक्री दर १२२ रुपैयाँ ८० पैसा कायम गरेको छ ।


युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ २२ पैसा र बिक्री दर १३४ रुपैयाँ ८८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९३ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६७ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९  रुपैयाँ ५८ पैसा र बिक्री दर ९० रुपैयाँ  दुई पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७८ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ६० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैँया ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३६  पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९२ पैसा र बिक्री दर नाै रुपैयाँ ९७ पैसा कायम भएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation