सुनको मूल्य आकाशियोतोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ

 अर्थ बुलेटिन   २७ फागुन, २०७८



काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६ सय रुपैयाँले बढेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।  

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएकाे छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation