महालक्ष्मीद्वारा नन्दी माविलाईसहयोगआर्थिक सहित खेल सामाग्री समेत

 अर्थ बुलेटिन   १ चैत, २०७८



काठमाडौं । महालक्ष्मी विकास बैंकको दरवारमार्ग शाखाले नक्साल, काठमाडांै स्थित श्री नन्दी माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री तथा पानी ट्याङ्कीका लागी आर्थिक सहयोग प्रदान गरेको छ । 

“एकशाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको बैंकले सोहि कार्य अन्र्तगत विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच विद्यालयलाई खेलकुद सामाग्री तथा पानी ट्याङ्कीका लागी रु ५०,०००।०० बराबरको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा सँगसँगै शारीरिक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको र कोभिड  १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले  उक्तसहयोग प्रदानगरिएको  कुरा दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताउनु भयो । 

यस सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको स्वस्थ जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले, बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको व्यहोरा जानकारी गराउदै बैंकको निरन्तर सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो । 

बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमित कुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउदै यस सहयोगले  विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास ब्यक्तगर्नुभयो । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने उहाँले बताउनुभयो । 
विगत २७ वर्ष देखि वित्तिय सेवा प्रदान गर्दै आइरहको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ । 
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णलीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु माार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ । 

ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card / Dollar card जारी गरीसकेको जनाएको छ । समग्रमा chip based travel Card, e-Commerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक 'महालक्ष्मी विकास बैंक' बन्न पुगेको बैंकका प्रावक्ता दिपेश लम्सालले जनाउनुभयो 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation