सिभिल बैंकको नयॉएक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा

 अर्थ बुलेटिन   १ चैत, २०७८



ओखलढुङ्गा । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्घिचरण नगरपालिका, वडा नं ०४ रुम्जाटार स्थित यातायात ब्यवस्था कार्यालयमा नया एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गर्नुभयो ।

एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात ब्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्नबहादुर गुरुङ, श्री रुम्जाटार मा.वि. का प्रधानाध्यपक गोकर्ण बहादुर वाँनिया, सिभिल बैंकका चिफ क्रेडिट बिजनेष सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाल लगायतको उपस्थिति रहेको थियो । 

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात ब्यवस्था कार्यालयसंग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछ बैंकका चिफ क्रेडिट बिजनेष सुमन आचार्यले बताउनुभयो ।

करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित ११ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको जनाएको छ । जसमध्ये ७ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजस्व संकलनगर्न स्थापित गरिएको छ । बैंकले हालसम्म करिब रु. ८९ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ९० अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे पनि बैंकले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation