डि डेस्टिनेसनमा महालक्ष्मीका ग्राहकलाई विशेष छुट

 अर्थ बुलेटिन   २२ चैत, २०७८



हेटौडा । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई हेटौडा स्थित डि डेस्टिनेसन लज एण्ड बारमा विशेष छुट हुने भएको छ । 

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा स्थित डि डेस्टिनेसन लज एण्ड बार बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसंगै सेवाहरुमा छुट दिने सहमति भएको बैंकले जनाएको छ ।

महालक्ष्मी बैंक र डि डेस्टिनेसन विच आज सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ । सम्झौता पश्चात यस बैंकको डेबिटकार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिइएको पनि बैंकले आज एक विज्ञप्ती जारी गरी जनाएको छ । यसका साथसाथै डिजिटलयुगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको पनि बैंकले जनाएको छ । 

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आइरहेको छ । 

बैंकले ग्राहकहरुको वैदेशिकयात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based travel Card, eCommerce card र Dollar card  जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, e-Commerce card र Dollar card जारी गर्ने अग्रणीतथा एक मात्र विकास बैंक: महालक्ष्मी विकास बैंक रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation