

२९ बैशाख, २०८२ | 12 May, 2025
काठमाडौं । निरन्तर पाँच कारोबार दिन ओरालो लागेको नेप्से, यस साताको अन्तिम कारोबार दिन बढेको छ। गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से, यस दिन साढे ३५ अंक बढेको हो।
बिहीबार नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३८ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको बजारमा यस दिन २२४ स्टकको ४२ हजार ५०६ पटकको कारोबारमा २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको ५४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यस्तै, यस दिन नेपाल टेलिकम र एक्सेल डेभलपमेन्ट बैंकको मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ७.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य ६.६१ प्रतिशत घटेको छ भने सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड ३८ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन प्राइम कमर्सियल बैंक र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक २.६२ प्रतिशत बढेको छ भने बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्।
सामाचार सावारः मेरो लगानी डट कम