नयाँ बर्ष २०७९ को पहिलो दिनको कारोवार आजके होला त आजको दिनको कारोवार ?

 अर्थ बुलेटिन   ४ बैशाख, २०७९



काठमाडौं । नयाँ बर्ष २०७९ को पहिलो दिन विहिवार परयो । नेपाली क्यालेन्डर अनुसार बर्षको पहिलो दिन सार्बजनिक विदा हुने गरेको छ । फलत विहिवार भएपनि शेयर बजार बन्दनै रहयो । 

त्यस यता शुक्रवार र शनिवार नियमित कारोबार नहुने दिननै रह्यो । त्यसैले आज ४ गते आइतवार बल्ल वर्ष २०७९ को पहिलो कारोवार हुदैछ । 

गत २०७८ को अन्तिम केहि महिनादेखि निरन्तर ओरालो लागेको शेयर बजार बर्ष २०७९ मा बढोस् भन्ने सबै लगानीकर्ताको कामना रहेको छ । बजार बढ्दा राज्यलाई समेत कर बढ्ने र लगानीकर्ता समेतले आम्दानी गर्ने साथै बजारमा आर्थिक चहलपहल पनि बढ्ने हुन्छ । एक लगानीकर्ताले भने "मलाई लाग्छ बजार बढ्दा सबैलाई घाटा भन्दा फाइदानै फाइदा हुन्छ । किन नबढ्ने र बजार ? यो बर्ष पहिलो दिननै बजार हवात्तै बढ्नेछ । यसले बर्षको सफल शुरुवात गराउने छ । सबैलाई फलिफावनै हुनेछ ।"

यस्तै, अर्का एक लगानीकर्ताले भने "देशमानै आर्थिक तरलताको अभाव छ, डलर संचिति घटेको छ, व्याजदर बढेको छ, ऋण परिचालन ठप्प प्राय छ, आयात ठप्प प्रायाः छ, लगानीको सबै वाटाहरु बन्द भएका छन् । यस्तो अबस्थामा बजार बढ्ने कतै आधार छैन ।"

के होला त यो साताको नेप्से ? (मेरो लगानी डट कमको समिक्षा)

गत साता नेप्से परिसूचक २ प्रतिशत घटेको थियो। अघिल्लो साता २४६४.३५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.९९ प्रतिशत अर्थात ४९.११ अंक घटेर २४१५.२४ विन्दुमा बन्द भएको थियो।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। नप्सेले ३ कारोबार दिनमा सो बराबरको अंक गुमाएको हो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २५३५.४८ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने २३५० मा टेवा पाउने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश मैनबत्ती प्याटर्न बनाएको छ। यद्यपि, साप्ताहिक रुपमा भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले बजारमा गत साता बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७५ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २५.५८ प्रतिशत कम हो।

लघुवित्त उपसमूह

गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको थियो। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा कम अर्थात ०.०३ प्रतिशत घटेको थियो। अघिल्लो साता ४८४२.०३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १.४५ अंक घटेर ४८४०.५८ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ५२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ४६०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस साता लघुवित्त उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले लघुवित्त उपसमूह डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation