नेपालवाट छुर्पीको निर्यात बढ्दै आत्मनिर्भको वाटोमा उन्मुख

 डा. बालक चौधरी   १३ जेठ, २०७९



नेपाल दुग्ध क्षेत्रमा आत्म निर्भर बन्न अझ केहीं बर्ष कुर्नु पर्ने हुन्छ । मानिसहरुले परम्परागत दुग्ध पदार्थ मन पराउने हुँदा सोही बमोजिम डेरी उद्योगहरुले उत्पादन गरेको पाइन्छन् । नेपालमा उत्पादन नहुने वेवी मिल्क, ल्याक्टोजिन जस्ता दुग्ध पदार्थहरु ठुलो परिमाणमा आयात हुने गरेको छ । नेपालले पनि थोरै मात्रामा केही दुग्ध पदार्थहरु निर्यात गर्दै आएको छ । विगतका वर्षहरुदेखी स्वदेशी उत्पादन छुर्पी ठुलो परिमाणमा निर्यात गरेको पाइन्छ । 

प्रोटिनयुक्त, स्वादिलो एवं पोषिलो दुग्ध पदार्थ छुर्पी मानिस लगायत पशुलाई समेत आहारको रुपमा प्रयोग हुने गरेको छ । सदियौंदेखी दुग्ध क्षेत्रको वैदेशिक व्यापार घाटामा रहेको तथ्याँक भन्सार विभागबाट देखिन्छ । विगत वर्षदेखी ठुलो परिमाणमा छुर्पीको निर्यातबाट अघिल्लो वर्ष दुग्ध क्षेत्रकोे वैदेशिक व्यापार आयातको भन्दा झण्डै १५ प्रतिशतले नाफा भएको छ । २०७८ सालको चालु ८ महीनाको दुग्धपदार्थ आयातको तुलनामा झण्डै ३२ प्रतिशतले व्यपार नाफा रहेको, छुर्पी उत्पादनमा जोड दिई नेपाली ट्रेड मार्क हुनु आवश्यक छ ।

१. उत्पादन

एक केजी छुर्पी उत्पादन गर्न करिव १९ देखी २० लिटर क्रिम काढेको दूध (Skimmed Milk) चाहिन्छ । 

विशेष प्रविधि अपनाई छुर्पी तयार गर्न करिव करिव महीनौ लाग्ने हुदा यो एक किसिमको value added product हो । रसिला र पोषिलाछुर्पी नेपालीे परम्परागत दुग्ध पदार्थ हो । पछिल्ला केही वर्षदेखी विश्वव्यापी फैफिएको कोभिडका कारण दूधको विक्रीमा सिथिल्ता भएकोले मिल्क होलिडेबाट जोगिन घरेलु दुग्ध उद्योग एवं कृषकहरुले ठुलो परिमाणमा छुर्पी बनाउन थालेको अनुमान गरीएको छ । 

विदेशमा जनावरको (Pet dog) खुराकमा छुर्पीको प्रयोग गरेको हुदा निर्यात बढ्दो क्रममा रहेको छ । नेपालमा कति परिमाणमा छुर्पीको उत्पादन हुन्छ यकिन गर्न नसकिएतापनि भन्सार विभागको तथ्याँकअनुसार निर्यात वर्षेनी बढ्दो छ । 

अन्य दुग्धपदार्थको दाजोमा छुर्पीको निकासी सन्तोष जनक रहेकाले अझ गुणस्तर कायम गरी व्यवसायिक उत्पादनमा जोड दिनु पर्दछ ।

२. बनावट

जलांशको आधारमा कडा तथा नरम गरी २ थरीका छुर्पी हुन्छन् । छुर्पीको रासायनिक बनावट विभिन्न शोधपत्रमा फरक फरक रहेको देखिन्छ । Avik Panda ले Ethnic preparation and quality assessment of Chhurpi, a home-made cheese of Ladakh, India (2016) शोधपत्रमा नरम खाले छुर्पीमा कूल ठोस पदार्थ २४.८ प्रतिशत र कडा छुर्पीको ८९.७७ प्रतिशत हुने उल्लेख गरेको छ ।

Meenakshi Rawat ले Chhurpi/Durkha: The Newest Supper Food Health Buzz-A solution for animal and human to cope extreme (2020) लेखमा १ प्रतिशत चिल्लो पदार्थ र ८.७ प्रतिशत एस.एन.एफ. भएको क्रिम काढेको दूधबाट बनेको कडा खाले छुर्पीमा ८७.१ प्रतिशत कूल ठोसपदार्थ (प्रोटिन ६८.५, चिल्लो पदार्थ ७.७, ल्याक्टोज ३.९ र खनिज पदार्थ ७.०) हुने उल्लेख गरेको छ । छुर्पी कडा, साह्रो, सेतो, पहेलो चपाउदा चाम्रो, टुक्रिदा गिर्खा गिर्खा, पानीमा नघुल्ने प्रकृतिको हुुन्छ । 

३. निकासी पैठारी

विश्वको ७.८७ अर्व जनसंख्या मध्ये ६ अर्व (७६५) ले दूधलाई भोजन एवं पोषणको रुपमा ग्रहण गरीरहेको हुदाँ दूध एक विश्वव्यापी खाद्य पदार्थ (milk as a global food) को रुपमा स्थापित छ ।

छरीएर रहेको विश्वको जनसंख्याको माग बमोजिमको आपूर्तिको आवश्यक रही १ जनवरी १९९५ मा विश्व व्यापार संगठन (WTO) को स्थापना भएको हो । नेपाल अप्रिल २, २००४ मा सो को सदस्यभई विश्व व्यापारको बाटो खुल्ला गरेको हो । 

दुग्ध क्षेत्रले नेपाली अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान (कूल ग्रार्हस्थ्य उत्पादनको करिव ९५ योगदान) पु¥याउदै आएको छ । दूधले भोजन, पोषण, रोजगारी सिर्जना गर्ने लगायत राष्ट्रिय अर्थतन्त्रको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । 

नेपालमा कूल दूध उत्पादन २४,७९,८९९ मे.टन (कृषि डायरी, २०७८) लाई राष्ट्रिय जनगाणना, २०७८ संग तुलना गर्दा प्रतिव्यक्ति वार्षिक करिव ८४.९५ लिटर उपलब्ध हुने देखिन्छ ।

दुग्ध क्षेत्रमा सदियौं देखीको व्यापार घाटा हुदै आएको अधिल्लो वर्षदेखी ठुलो परिमाणमा छुर्पीको निर्यातले व्यापार नाफाभएको भन्सार विभागको तथ्याँकबाट देखिन्छ ।

४. निकासी र पैठारी 

नेपालले आ.व. २०७७/०७८ मा रु. १३,८३,३६५ मिलियन बरावरको विभिन्न माल सामानहरु पैठारी गरेको छ भने रु. १,२१,२५४ मिलियन वरावरको निकासीरहेको छ । उपरोक्त तथ्याँकको आधारमा कूल पैठारी निकासी भन्दा ११.४ गुणाले बढेको हुदा व्यापार घाटा देखिन्छ ।

दुग्ध क्षेत्रको आयात निर्यात विश्लेषण गर्दा वि.स.२०७१ देखी २०७८ को चालु ८ महीनासम्मकोे आयात:

समयानु कूल निकै उतार चढाव पाइन्छ । नेपालमा २०७२ को विनाशकारी भूकम्पले निम्त्याएको समस्याले मुलुकमा मालसामानको अभाव भई अघिल्ला २ वर्ष (२०७३, ०७४) सर्वाधिक (करिव २५०० मिलियन बरावर) आयात गरेको पाइन्छ । तत्पश्चात् २०५६ वाहेक आयात घट्दो क्रममा रहेको छ । 

वि.स. २०७१ सालमा ४७७ मिलियन वरावरको मालसामान निर्यात हुदा २०७८ सालमा झण्डै १९९९ मिलियन वरावरको छुर्पी एवं दुग्धपदार्थ निर्यात भएको छ । आयातमा उतार चढाव देखिएता पनि निर्यातमा वर्षैपिछे प्रवद्र्धन भएको छ । 

वि.स.२०७६ सम्म दुग्ध क्षेत्रमा व्यापार घाटामा छ भने २०७७ र २०७८ दुग्ध क्षेत्रको व्यापार नाफा भएको छ ।

५. छुर्पीको निर्यातमा वृद्धि

समस्याले बैकल्पिक समाधानको वाटो पहिल्याउने उखान अनुसार २०१९ को कोभिड नियन्त्रण गर्न बर्षोसम्म गरेको नेपाल बन्दले दूधको विक्रीमा ठुलो गिरावट आई घरेलु दुग्ध उद्योगहरुले बैकल्पिक रुपमा छुर्पी उत्पादन गर्न थाले । छुर्पी विदेशमा pet dog लाई खुवाउने भएकोले २०७७ र २०७८ मा ठुलो परिमाणमा निर्यात गरी दुग्ध क्षेत्रको व्यापार नाफामा सहयोग पुगेको छ ।  

भन्सार विभागको तथ्याँक अनुसार छुर्पीको निर्यात २०७१ देखी २०७६ सम्म वर्षेनीकरिव ५० मे.टन (२०७४ वाहेक) ले मात्र वृद्धि भएको पाइन्छ । २०७७ मा अधिल्लो वर्षको तुलनामा ठुलो परिमाणमा (५४६ मे.टन) बढेको देखिन्छ । २०७८ को चालु ८ महीनाभित्र अघिल्लो वर्षको तुलनामा करिव सोही वरावर छुर्पी निर्यात भएको छ ।

आयात निर्यात (दुग्ध पदार्थको मूल्य) वीच तुलनात्मक अध्ययन गर्दा पछिल्ला वर्षहरुमा निर्यात वढ्दै व्यापार घाटा घट्दो क्रममा देखिन्छ । बर्ष २०७१ सालमा निर्यात ६३८.७८ प्रतिशतले कमी रहेको छ । सो क्रम २०६७ सम्म व्यापार घाटा क्रमिक रुपमा घट्दै २०७७मा १४.९२ प्रतिशतले व्यारा नाफाभएको छ । जुन चालु आ.व. २०७८ को पहिलो ८ महीनासम्म ३२.४६ प्रतिशतले व्यापार नाफा रहेको तालिका ३ देखिन्छ ।

६. महत्व

क. परम्परागत दुग्ध पदार्थः उच्च पहाड तथा हिमाली भेकमा बसोवास गर्ने शेर्पा जातिले परम्परागत छुर्पीको उत्पादन गर्दै आएको छ । हाल तराई तथा पहाडमा व्यवसायिक छुर्पी उत्पाद हुन थालेको छ । काम गरीरहदा वा हिडीराख्दा छुर्पी चपाई मुख रसिलो बनाई राख्ने चलन छ । छुर्पी रसिला, पोषिला दुग्ध पदार्थ हो ।

ख. मिल्क होलिडेः नेपालमा मिल्क होलिडे वि.स. २०४९ सालदेखी शुरु भएको हो । दूध उत्पादन बाह्रै महीना एकनासको नहुने हुदा अधिक दूध उत्पादन हुने सिजनमा मिल्क होलिडे हुन्छ । मिल्क होलिडे कम गर्न छुर्पीको उत्पादन गर्नु परेको हो । 

ग. निर्यातः विशेष प्रविधि अपनाई तयार पारेको dog chew हिमालय डकच्यू कलेक्सन सेन्टर (काठमाडौं), सिल्वर लिङ्क आई.एन.सी.प्रा.लि. कलेक्सन सेन्टर (काठमाडौं), एभरेष्ट प्रोडक्सन (काठमाडौं), अन्तराष्ट्रिय हिमालय डेरी उद्योग (विर्तामोड), कृष्ण डेरी उद्योग (झापा) मार्फत अमेरीका, क्यानाडा, इजरैल, जापान आदि दर्जनौ देशहरुमा निर्यात प्रवद्धन भै रहेको छ । 

७. सुधार गर्नु पर्ने 

Branding: छुर्पी निर्यात गर्न नेपालको पहिचान झल्कने गरी ब्रण्ड हुनु पर्दछ । कृषि तथा पशुपन्छी मन्त्रालयले हालसालै तयार पारेको छुर्पीको व्राण्डको अध्ययन प्रतिवेदन कार्यन्वयन हुनु पर्दछ । 

छुर्पी उद्योगः छरीएर रहेका स साना छुर्पी उद्योगहरुको समुह, सहकारी, संगठन हुनु पर्दछ । निर्यात गर्दा अगुवाई गर्ने संस्थाले लिएको ब्राण्ड अन्य उद्योगहरु समावेश भई निर्यात प्रवद्र्धनमा सहयोग गर्नु पर्दछ ।

अनिवार्य मानकः छुर्पी परम्परागत दुग्ध पदार्थ हो । व्यवसायिक छुर्पीको न्युनतम गुणस्तर खाद्य तथा गुण नियन्त्रण विभागले तोकेको हुनु पर्दछ । छुर्पीको उत्पादन तथा प्रशोधन एक निश्चित Standard Operation Procedure (SOP) निर्देशिका हुनु पर्दछ ।   

प्रवद्र्धनात्मक कार्यक्रमः छुर्पी उत्पादन गर्ने उद्योगहरुलाई प्रवद्र्धनात्मक कार्यक्रमहरु (कच्चा पदार्थको सहजता, उपकरण खरीदमा छुट, निर्यातमा सहयोग आदि) हुनु पर्दछ । 

आर्थिक सहयोगः छुर्पी उत्पादन तथा प्रशोधन गर्न महीनौं लाग्ने हुदा नियमित विक्री वितरण नभएसम्म सञ्चालन खर्च अधिक देखिन्छ । उद्योगले आफै जोखिम उठाई लगानी गरेको हुदा पलायन हुनबाट जोगाउन सरकाले प्रोत्साहन गर्नु पर्दछ ।

८. निष्कर्ष

मुलुक आर्थिक सम्वृद्धि तर्फ लम्की राखेको हुदाँ व्यापार घाटालाई न्युनीकरण गर्न आवश्यक छ । यसले आयात प्रतिस्थापन गर्नुका साथै निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । डेरी क्षेत्रमा गरेको करोडौको लगानीको प्रबद्र्धन गर्न विश्व बजारको खोजी गर्ने, विदेशी मुलुकसंग दौत्य सम्वन्ध कायम गर्ने, तोकेको मापदण्ड र गुणस्तर कायम हुने गरी उत्पादन विविधिकरण गर्ने, नेपालमा उत्पादन नहुने डेरी प्रडक्टस वाहेक अन्य माथि केहीं समयसम्म आयात प्रतिवन्ध लगाउने व्यवस्था हुनु पर्दछ । 

(प्रस्तुत लेखको तथ्याङकको सर्वाधिकार लेखकसंगनै रहेको छ । 
 

लेखकः राष्ट्रिय दुग्ध विकास वोर्डका डेरी विज्ञ हुनुहुन्छ ।)

श्रोतः
१. राजिव खनाल (२०१९) प्राविधिक अधिकृत दु.वि. संस्थान, चरीकोट दुग्ध उद्योगसंगको अन्तरवार्ता 

खरीबोटः छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित, नेपालको अनलाइन पत्रिका, २०७४ फल्गुन ७ गते प्रकाशित

www.fao.org/3/t0251e/T0251E12.htm, Technology of traditional milk products in developing countries-FAO

https://epashupalan.com/8454/dairy-husbandry/%D1%81hhur%D1%80i-durkh%D0%B0-the-newest-su%D1%80erf%D0%BE%D0%BEd-he%D0%B0lth-buzz/

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation