शेयर बजारमा थामिएन पहिरोमौन बजेटले सम्हाल्न सकेन बजारलाई

 अर्थ बुलेटिन   १७ जेठ, २०७९



काठमाडौं । निरन्तर ओरालो लयमा हिडिरहेको दोश्रो बजार आज पनि करिब ४० अंकले घटेको छ । 

जेठ १५ मा सार्बजनिक बजेटले यो बजारलाई कर्के नजर समेत नलगाएपछि अलि अलि भएको आशा पनि मरेको शेयर लगानीकर्ताहरु बताउछन् । 

यस बजारका ४-१२ लगायतका विविध घातक भाइरसहरुलाई बजेटले केहि सम्वोधन गरी लगानी मैत्री वातावरण बन्छ की भन्ने लगानीकर्ताको झिनो आशा पनि अब मरेको लगानीकर्ताहरुको भनाइ रहेको छ ।

साताको दोश्रो कारोवार दिन आज (मंगलवार) बजार १.६३ प्रतिशत अर्थात ३५.५३ अंकले ओरालो लागेको छ । योसंगै नेप्से परिसूचक अब करिब २१०० को नजिक अर्थात २१३७.९२ मा आइपुगेको छ । आव सेन्सेटिभ इन्डेक्स समेत ७.११ अंकले घटेर ४१५.६१ अंकमा आइपुगेको छ । 

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ। यस दिन २२९ स्टकको २७ हजार ५१९ पटकको कारोबारमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से ओरालो लागेपनि उपकार लघुवित्तको शेयरमूल्य भने ८।२३ प्रतिशत बढेको छ। त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईसी एशिया ग्रोथ फण्ड र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य यस दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयरमूल्य यस दिन ३६ रुपैयाँ ७० पैसा घटेर ३३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६।५० प्रतिशत घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, प्रभु इन्स्योरेन्स र मैलुङखोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation