पिकेका विद्यार्थीलाई छात्रावृत्ति प्रदान (फोटो फिचर सहित)दिवा समुहमा आकर्षण बढ्दै

 अर्थ बुलेटिन   १९ जेठ, २०७९



काठमाडौं । पद्यमकन्या बहुमुखी क्याम्पसमा जनसंख्या विषयमा स्नातक तह दोश्रो बर्ष दिवा समुहमा अध्यनरत १० जना छात्राहरुलाई  छात्रावृति प्रदान गरिएको छ ।

विद्यार्थीहरुहरुले पहिलो बर्षमा क्याम्पस प्रवेश गर्दा भर्ना वापत तिरेको रकमको ५० प्रतिशत अर्थात प्रति विद्यार्थी ४ हजार ५ सय रुपैयाका दरले छात्रावृति प्रदान गरिएको छात्रवृत्ति वितरण कार्यक्रमका व्यवस्थापक अम्विका कौडालले बताउनुभयो । 

यस्तै, क्याम्पसमा निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएकोमा सोहि कार्यक्रमका विच राजु मल्ललाई समेत स्वागत गर्नुका साथै बधाई ज्ञापन गरिएको थियो । 

छात्राबृत्ति पाउन सफल १० जना विद्यार्थीहरुलाई विभागिय प्रमुखले खादा लगाउनुका साथै निमित्त क्याम्पस प्रमुखले चेक हस्तान्तरण गर्नुभएको थियो । 

छात्राबृत्ति वितरण कार्यक्रममा वोल्दै निमित्त क्याम्पस प्रमुख राजु मल्लले साइफ्रसको ‘रोटरी क्लव अफ निगोसिया’ संगको समन्वयमा यसै क्याम्पसका उपप्राध्यापक अम्विका कौडालले छात्रावृत्ति रकम व्यवस्थापन गर्नुभएकोमा कौडाल र दातृ संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले, कलेज भित्रकै शिक्षकहरुले चालेको यस्तो रचनात्मक कदमले विद्यार्थी र अन्य शिक्षकहरुलाई समेत थप उत्साहित पारेको बताउनुभयो । 

उहाँले थप्नुभयो ‘विद्यार्थीको थप आकर्षण र समय सापेक्षित बनाउन अध्ययन, अनुसन्धान तथा विद्यार्थीको क्षमता विकासमा म सधै तयार छु । यो प्रतिसप्रधात्मक समयमा जनसंख्याका विषयमा विद्यार्थीले आफुलाई अव्वल बनाउन सके भने राज्यका हरेक निकायमा सफल हुन सक्छन् ।’

कार्यक्रममा, जनसंख्या विषयका विभागिय प्रमुख भेषनाथ सापकोटाले जनसंख्या विषयलाई समय सापेक्ष, प्रविधिमैत्री, अनुसन्धानमुखि, जिवन उपयोगि र व्यवहारिक बनाउदै लैजान सकियो भने यस विषय अध्ययन गर्ने विद्यार्थीको भविष्य थप उज्वल बन्ने बताउनुभयो । 

छात्रबृत्ति हस्तान्तरण कार्यक्रममा वोल्दै, सहप्राध्यापक डा. मदनलाल श्रेष्ठले यस विषयलाई समय सापेक्ष र अझै व्यवहारमुखि बनाउन सक्यौ भने विषयप्रति विद्यार्थीको आकर्षण बढ्ने बताउनुभयो ।

कार्यक्रममा वोल्दै, सहप्राध्यापक डा. शिब खनालले जनसंख्या विषयको क्षेत्र फराकिलो भएको र आफुले विद्यार्थीको शैक्षिक गुणस्तर माथि उठाउन सक्दो सहयोग गर्ने बताउनुभयो । 

यस्तै, सोहि कार्यक्रममा वोल्दै उपप्राध्यापक भगवती सेडाइले जनसंख्या विषयमा अध्ययन गर्ने विद्यार्थीले आफुलाई प्रतिसपर्धामा लैजान आफ्नो विषयप्रतिको मेहनत, निरन्तर लगाव हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘जनसंख्याको विषय जुनसुकै क्षेत्रमा पनि प्रयोग हुने भएकाले यसलाई आफुले कुन रुपमा अध्ययन अनुसन्धान गरियो सोहि रुपमा ढाल्न सकिन्छ ।’

मन्तव्यकै क्रममा, उपप्राध्यापक गोविन्द अधिकारीले समय सापेक्ष विषयवस्तु परिबर्तन गर्दै विद्यार्थीलाई पढाईको साथै अध्ययन अनुसन्धान, लेख, रचनामा जोडदिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै उपप्राध्यापक हरिहर पाण्डेले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीको उच्च मनोबल प्रदान गरी शैक्षिक सफलताको लागि बल पुग्ने बताउनुभयो । 

कार्यक्रमका क्रममा उपप्राध्यापक समिर खड्काले यो कार्यक्रमले विद्यार्थीलाई थप हौसला प्रदान गरेको र आफुसंधै विद्यार्थीको साथमा रहेको बताउनुभयो । 

यसैगरी, विद्यार्थी कञ्चन थापाले यस्ता छात्रवृत्तिले आफुहरुलाई हौसला मिलेको र कलेज प्रतिको दायित्व झनै बढेको बताउनुभयो । जनसंख्या विषय निकै व्यवहारिक भएको आफुले पाएको भन्दै प्राप्त ज्ञान र सिपलाई परिवार, समाज रुपान्तरणमा प्रयोग गर्ने बताउनुभयो । थापाले यस विषयको महत्व विद्यार्थीहरुलाई बुझाउन सके अझै आकर्षण बढ्न सक्ने सम्भावना प्रशस्त रहेको बताउनुभयो । 

जनसंख्या विषयका विभागिय प्रमुख एवं एमए कार्यक्रम संयोजक भेषनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न छात्रबृत्ति वितरण एवं सम्मान कार्यक्रममा उपप्राध्यापक राधिका श्रेष्ठले स्वागत गर्नुभएको थियो भने छात्रवृत्ति वितरण कार्यक्रमका व्यवस्थापक उपप्राध्यापक अम्विका कौडालले संचालन गर्नुभएको थियो ।

कार्यक्रमसंग सम्वन्धित थप फोटोहरुः

 

 

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation