ताल्चा फुटाएको २४ घण्टा नवित्दै भिसी कार्यालयमा फेरी ताल्चालगाउने र फोर्नेका विच तिव्र प्रतिसपर्धा

 अर्थ बुलेटिन   २० जेठ, २०७९



काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा एउटा समुहले ताल्चा फुटाउने र अर्को समुहले फेरी ताल्चा मार्ने कार्य महिनौदेखि निरन्तर जारी छ । 

विभिन्न माग सहित विभिन्न समुहहरुले झण्डै आधावर्षदेखि लगाईरहेको ताला पछिल्लो पटक गत १८ गते दिनको करिब २ बजेतिर नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी) ले फुटायो । त्यस लगतै ताल्चा फुटाएको करिब १९ घण्टामानै (भोलिपल्ट) अर्थात १९ गते विहान करिब ९ बजेको समयमा फेरी ताल्चा लगाइयो । 

महिनौदेखि लागेको ताल्चा २ वटा फरक फरक समुहले फरक फरक माग राख्दै लगाएका छन् । 

त्रिवि भित्रको भ्रष्टाचारिताको छानविनको माग गर्दै नेपाल विद्यार्थी संघ (नेवि संघ) ले यसरी ताल्चा लगाएको महिनौ भयो । तर, उसको मागमा त्रिविले सम्वोधन त परै जावस् वार्ता तथा छलफलको कुनै प्रक्रिया समेत अघि नबढाएको संघको आरोप छ । 

यस्तै, दोश्रो ताल्चा ‘समान कामको, समान ज्याला’ को माग गर्दै आंशिक प्राध्यापक संघले लगाएको छ । संघको आन्दोलन भने कुनै नौलो होइन । झण्डै १५ बर्ष अघिदेखि निरन्तर चलिरहेको आन्दोलनको पछिल्लो चरणको कार्यक्रम अन्र्तगत भिसी, रेक्टर र डिनको कार्यालयमा ताल्चा मारिएको हो ।

त्रिविले ज्यालामा विभेद गरेको, त्रिविमा करिब ४ हजारको संख्यामा रित्त दरवन्दि रहेता पनि पूर्ण संख्यामा विज्ञापन नखोलेको जस्ता आरोप लगाउदै समस्या सामाधान नहुदाँसम्म ताला नखोल्ने आंशिक प्राध्यापक संघले जनाएको छ । 

ताल्चा लगाएका दुबै समुहको एउटा माग भने समान रहेको छ । यि दुबैको साझा मागका रुपमा त्रिवि भित्रका भ्रष्टाचारको मुद्धा हो । रित्त दरवन्दिवापत नियमित त्रिविलाई राज्यवाट रकम आइरहेको र त्यो रकम त्रिविले भ्रमण, भत्ता लगायतका विविध शिर्षकमा खर्च गरि हिनामिना गरिरहेकाले सो रकमको खोजि गर्नुपर्ने आंशिकको भनाइ रहेको छ । 

समस्या समाधान नहुँदासम्म त्रिविले ताला जति पटक फुटाउछ त्यतिनै पटक हामि फेरी ताला लगाउछै एक आंशिक प्राध्यापकले भने ‘समस्या समाधान तर्फ लाग्नुको साटो त्रिविले ताला फुटाउने र लगाउनेको प्रतिसपर्धात्मक खेलको सुरुवात पो गर्यो ।’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation