आंशिक शिक्षकमाथि निर्मम त्रिवि फेरी अर्को ‘तुरुप’ फाल्दैकोर्ष करार गरेर आन्दोलन तुहाउने रणनीतिमा

 अर्थ बुलेटिन   २१ जेठ, २०७९



काठमाडौं । डेढ दशक देखि आन्दोलनरत त्रिविका आंशिक शिक्षकहरुको पटक–पटकको आन्दोलनलाई एउटा–एउटा नयाँ अस्त्र प्रयोग गर्दै त्रिविले वेला वेलामा निस्तेज पार्दै आइरहेको छ । 

डेढ दशक देखि फरक फरक व्यक्तिले नेतृत्व गर्दै निरन्तर चलिरहेको आन्दोलनको पछिल्लो पटक संघर्ष समितिले नेतृत्व गरिरहेको आंशिक शिक्षकहरु बताउछन् । 

पछिल्लो पटकको आन्दोलनको दवाव थेग्न त्रिविलाई हम्मे हम्मे परेको आंशिक प्राध्यापक केन्द्रिय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले बताउनुभयो । लिम्बुका अनुसार ‘सबै विकल्प प्रयोग गरेर थाकेको त्रिवि अब अन्तिम अस्त्रका रुपमा कोर्ष करार गराउने तयारीमा छ । यसो गर्दा ६ महिना वा १ बर्षको मात्रै कोर्ष करार हुन्छ । त्यसपछि क्याम्पसहरुले नयाँ नबिकरण नगरिकन हटाउन सक्छ । यसमा कानुनी लडाई लड्ने आधार पनि हुदैन । त्यसैले, कोर्ष करार हामि आंशिकका लागि निकै घातक सम्झौता हो । म यसै मिडिया मार्फत देशभरका आंशिक साथिहरुलाई कोर्ष करारमा हस्ताक्षर नगर्न अनुरोध गर्दछु । यसमा हस्ताक्षर गर्नु भनेको कमजोर हुनु हो ।’

हाल देशभरका क्याम्पसहरुमा २ हजार २ सयको संख्यामा त्रिविमा आंशिक शिक्षक कार्यरत रहेको तथ्याङक संघर्ष समितिसंग छ । पद्यम कन्या क्याम्पसकी आंशिक शिक्षक अम्विका कौडालले भन्नुभयो ‘क्याम्पसहरुमा कतिपय विषय त केवल आंशिक शिक्षकले मात्रै धानेका छन् । स्थायी शिक्षकहरु भए पनि त्रिविको ६५ प्रतिशत कक्षाभार आंशिकको भरमा चलेको छ । यस्तो अवस्थामा आंशिकलाई हटाउने रणनीति भन्दा उचित व्यवस्थापनको योजनाले त्रिविको भविश्य राम्रो हुनेछ ।’

के हो त त्रिविको पछिल्लो तुरुप ?

आंशिक शिक्षकहरुका अनुसार त्रिविले तुरुपको जोकर, मिस्सी र वास्सा कार्ड प्रयोग गरिसक्यो यि सबै कार्डमा त्रिवि असफल भइसक्यो । अब ‘एक्का’ को कार्ड फाल्दै छ । त्रिविको यो अन्तिम अस्त्रलाई पनि निस्तेज पार्न सकियो भने अब त्रिवि तुरुप बिहिन बन्ने छ । 

त्रिविको जोकर कार्डः आन्दोलनका नेतृत्व कर्ताहरुलाई कुनै न कुनै राजनीतिक नियुक्तिका पद दिने र थन्क्याउने गर्यो । फलत त्यस्ता नेतृत्वकर्ताले नेतृत्व गरेको आन्दोलन तुहिदै गयो । त्रिविलाई आफु सफल भए जस्तो लाग्यो, आन्दोलनका अगुवाकर्ताहरु पनि आफ्नो दुनो सोझ्याउन सफल भए तर अन्य शिक्षकहरु हेरेको हेर्यै नै भए । फलत पुनः नयाँ नेतृत्व जन्मियो, आन्दोलन पहिले भन्दा अझै शशक्त र परिपक्क बन्यो ।

त्रिविको मिस्सी कार्डः सेवा आयोगको तालिका सार्बजनिक गर्यो । परिक्षाको तालिका निकालेपछि आंशिक शिक्षक पढ्न लाग्छन् र आन्दोलन तुहिन्छ भन्ने त्रिविको आकलन थियो तर उल्टो भयो । 

त्रिविको बास्सा कार्डः आंशिक शिक्षकहरुको आन्दोलन चर्कदै गर्दा यसलाई तुहाउनका लागि त्रिविले यस अघि आन्तरिक व्यवस्थापनको लागि क्याम्पसहरुलाई परिपत्र गर्यो । सोहि अनुसार केहि क्याम्पसहरुले आन्तरिक व्यवस्थापनको लागि सूचना निकाले, कतिले अन्र्तवार्ता पनि लिए, कतिले अन्र्तवार्तापछिको अन्तिम नामावली पनि सार्बजनिक गरे । यति सके पनि नियुक्ति गर्न र सेवा सुविधा दिनका लागि त्रिविको सहमति आवश्यक पर्ने भएकाले त्रिविलाई क्याम्पसहरुले सहमितको लागि पत्राचार पनि गरे तर त्रिविले सहमति दिएन सबै थन्किएर बसे ।

त्रिचन्द्र क्याम्पसकी आंशिक शिक्षक उमा कार्कीले भन्नुभयो ‘त्रिविले साच्चै नै आन्तरिक व्यवस्थापन गराउन सकारात्मक सोच धारणाका साथ यो कदम अघि बढाएको भए पो उसले सहमति दिन्थ्यो । यो त केबल आन्दोलन तुहाउन प्रयोग गरिएको एउटा अस्त्र मात्रै थियो । त्रिविले आफु सफल नभएको महसुस गर्यो अनि सहमति दिएन । यो प्रक्रिया अब यसै थन्किन्छ ।’

के हो त त्रिवि को अबको अन्तिम अस्त्र (पछिल्लो तुरुप / एक्का कार्ड) ?

आंशिक शिक्षकहरुवाट अर्थ बुलेटिनलाई प्राप्त जानकारी अनुसार केहि समय अघि ताहाचल क्याम्पस, काठमाडौंले कोर्ष करारका लागि फारम वितरण गरेको छ । 

आन्दोलनरत आंशिक शिक्षकहरु यो कोर्ष करारको विषय ‘त्रिविको अन्तिम अस्त्र हो’ भन्न रुचाउछन् । पाटन बहुमुखी क्याम्पसकी आंशिक शिक्षक कमला भण्डारी भन्नुहुन्छ “कोर्ष करार ‘सर्ट टर्म’ को हुन्छ । त्यस पछि पुन नविकरण नगरी आंशिकलाई घर फिर्ता गराउने रणनीतिका साथ यो कदम चालिएको हो । तर, यो पनि त्रिविको असफल कदम हो । यो कदम असफल भएपछि त्रिवि अब अस्त्र विहिन बन्दै छ ।” 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation