गरिमा विकास बैंकको ‘बृहत बृक्षारोपण’ कार्यक्रमएकै पार्कमा २०० रुख रोपियो

 अर्थ बुलेटिन   २२ जेठ, २०७९



काठमाडौं । विश्व वातावरण दिसको दिन पारी गरिमा विकास बैंकले एकै पार्कमा २०० रुख रोपेको छ । 

‘हरियो वन, नेपालको धन’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन हेतु विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७९ साल जेठ २२ गते आईतबारको दिन कालिकापार्क, बुढानिलकण्ठ, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

विश्ववातावरण दिवस २०२२ को दिन सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ एवं यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । यस कार्यक्रम अन्तर्गत पार्कमा करिव २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

हाल, गरिमाविकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सेवा दिदै आईरहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation