गरिमा र ‘जंगल भिल्ला’ बिच ग्राहकलाई छुट सम्झौता

 अर्थ बुलेटिन   २२ जेठ, २०७९



चितवन । गरिमा विकास बैंकका ग्राहकले चितवनको जंगल भिल्लामा १५ प्रतिशत छुट पाउने भएका छन् ।  

आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै बैंकका ग्राहकहरुलाई थप सुविधा होस् भन्ने उदेश्यका साथ चितवन स्थित ‘जंगल भिल्ला रिर्सोट’ र गरिमा विकास बैंकका विचमा ग्राहकलाई छुट दिने वारे सहमति पत्रमा हस्ताक्षर भएसंगै बैंकका ग्राहकले रिसोर्टमा छुट पाउने भएको हुन् ।

सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५% छुट प्रदान गर्ने भएको छ । यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुनेछ । 

हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट बैंकले बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation