महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने

 अर्थ बुलेटिन   २९ जेठ, २०७९



काठमाडौं ।  काठमाडौं महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ ।  सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो ।

‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने ।

काठमाडौं महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरु स्वस्फुर्त रुपमा सर्वसाधरणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए । यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधरणलाई पनि प्रयोग गर्न दिने उनले जनाए । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिईने समेत उनले बैठकमा स्पष्ट पारे ।

आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार/चार महिनामा महानगरले सरसफाई सामाग्री उपलब्ध गराउने उनले बताए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation