झण्डै ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला१४२० कोटा कार्यान्वयन गर्न आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने

 अर्थ बुलेटिन   २९ जेठ, २०७९



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि देखि लागेको ताला आइतबारदेखि खुलेको छ ।

विभिन्न माग  राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते देखि उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।

नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् । योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ ।

आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।

त्रिविको वार्ता टोली र आंशिक शिक्षक विच नेपाल सरकारको मिति २०७४ मंसिर ८ मा त्रिवि मा कार्यरत आंशिक शिक्षकहरुलाई करार गर्न  १४२० को दरबन्दि स्वीकृत गरे अनुसार सो दरबन्दि कार्यन्वयनका लागि त्रिविले नेपाल सरकारसंग आवश्यक पर्ने बजेटका लागि १५ दिन भित्र पहल गर्ने सहमति भएको छ । 

हेर्नुहोस् विश्वविद्यालय र आंशिक प्राध्यापकबीच भएको सहमति:



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation