अमेरिकी डलरको भाउ उक्लियो

 अर्थ बुलेटिन   २ असार, २०७९



काठमाडौं। अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार  अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ ।  एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो।

युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ । युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २ पैसा रहेको छ । आज पाउन्ड स्टेर्लिङको भाउ प्रतिपाउन्ड स्टेर्लिङ १५१.६१ रुपैयाँ कायम भएको छ ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation