पेट्रोल प्रति लिटर २०० पुग्यो (नयाँ मुल्यसूचि सहित)अर्थतन्त्र थप जोखिमतर्फ धकेलिदै

 अर्थ बुलेटिन   ६ असार, २०७९



काठमाडौ । गएको मध्यरातिदेखि पेट्रलियम पदार्थको मुल्य आकाशिएको छ । 

नेपाल आयल निगमले आइतवार मध्यराति १२ः०० बजेदेखि कार्यन्वयन हुनेगरि पेट्रलियम पदार्थको नयाँ मुल्यसूचि सार्बजनिक गरेको छ । 

नयाँ मुल्यसूचि अनुसार पेट्रोलको मुल्य प्रतिलिटर झन्डै २०० पुगेको छ । 

नयाँ मुल्यसूचि निम्नानुसार रहेको छः

  

क्र.स. पेट्रलियम पदार्थको नाम नयाँ मुल्यसूचि  बढेको रकम कैफियत
पेट्रोल   रु १९९ (प्रति लिटर)  रु २१  
डिजेल  रु १९२ (प्रति लिटर) रु २७  
मट्टीतेल   रु १९२ (प्रति लिटर)  रु २७  
 ग्यास   रु १८०० (प्रति सिलिण्डर)  ०  
 हवाई इन्धन (आन्तरिक उडान)  रु १८५ (प्रति लिटर) रु १९  
हवाई इन्धन (अन्तराष्ट्रिय उडान) अ. डलर १६४५ (प्रति किलो लिटर)  अ. डलर १००  

 

अर्थतन्त्र थप जोखिमतर्फ धकेलिदै

यसैविच, नेपालको अर्थ तन्त्र थप जोखिमतर्फ धकेलिदै गएको विज्ञहरुले बताएका छन् । 

व्यापार व्यवसाय ढप्प हुदै जानु, मुल्यबृद्धि आकाशिनु, बैंकहरुले लोन प्रवाह गर्न नसक्नु, बैंकको ब्याजदर निरन्तर बढिरहनु, देशमा डलरको संचिति न्यून हुनु, आयात बढ्नु, निर्यात प्राय ढप्प हुनु, रेमिटयान्स हवात्तै घट्नु, शेयर बजारमा भारित गिरावट आउनु, सुन चाँदिको मुल्य बढ्दै जानु, घर जग्गाको कारोबरमा अंकुश लाग्नु आदि जस्ता अर्थतन्त्रका दर्जनौ क्षेत्रहरु धरासायि बन्दै जानुले नेपालको अर्थतन्त्र निकौ जोखिमतर्फ धकेलिदै प्रष्ट हुन्छ ।

यसले देशको शुभसंकेत गर्दैन । समयमानै राज्यका जिम्मेवार निकाय सतर्क नहुने हो भने भोलिका दिनमा ठुलो भयावह अवस्था आउने निश्चित देखिन्छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation