

७ बैशाख, २०८२ | 20 Apr, 2025
रुपन्देही । बुटवल स्थित महाराजा रिसोर्ट प्रा।लि। कुमारी बैंक लिमिटेडका ग्राहकले विशेष छुट पाउने भएका छन् ।
कुमारी बैंक लिमिटेड र कालिकानगर, बुटवल स्थित महाराजा रिसोर्ट प्रा।लि। बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई महाराजा रिसोर्ट प्रा।लि। बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने वारेमा दुइ पक्षिय सम्झौता सम्पन्न भएसंगै यस्तो छुट हुने भएको हो ।
छुटको सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविनमुनि बज्राचार्य र महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गर्नुभयो ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो ।
सम्झौता अनुसार अब कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो रिसोर्टबाट सेवा लिई डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा रिसोर्टको लजिङ्गर फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।