

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट÷क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।
विदेशमा रहेका नेपाली तथा विदेशीहरुले आफ्नो मोबाइल÷ईन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट÷क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।
विदेशबाट ‘भिसा डाईरेक्ट’ मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गर्नुभयो । फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आय आर्जन कुमारी भिसा डेबिट÷क्रेडिट एवं प्रिपेड मा सोझै रकम प्राप्त गर्न सक्ने छन् ।
विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।
यस प्रणाली मार्फत गरिएकाप्रत्येक रु. १५,०००.०० भन्दा बढीको ‘भिसा डाईरेक्ट’ कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु. ५००.०० प्रदान गर्र्नेे व्यवस्था गरिएको बैंकले जनाएको छ ।
आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४४ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी
दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।