आन्दोलनको दवावमा बढेको नेप्से १ दिन पछि पुनः ओरालो लयमासाना लगानीकर्तालाई झुक्याउन गरिएको खेल

 अर्थ बुलेटिन   १४ असार, २०७९



काठमाडौं । पुँजी बजारको सुधारका लागि विभिन्न १९ शुत्रिय माग राख्दै आमरण अनसनरत पक्षसंग सरकारले सम्झौता गरेसंगै आइतवार अनपेक्षित रुपमा ९२ अंक बढेको बजार त्यस यता फेरी पुरानै गिरावटको लयमा फर्किएको छ । 

बैकंहरुसंग लोनको रकम नहुनु, अर्थ मन्त्री र गर्भनर दुबै दोश्रो वजारका वारेमा सकारात्मक नहुनु, निर्यात ढप्प प्रायः हुनु, रेमिटयान्स ह्वात्तै घट्नु, महंगि बढ्नु, देशमा डलर संचिति घट्नु, घर जग्गाको कारोबार सुस्ताउनु, सुन चाँदी र दैनिक उपभोग्य बस्तुको बजार मुल्य आकाशिनु लगायतका अर्थ तन्त्रका दर्जनौ सूचकहरु धरासायि हुदै गएका वेला शेयर बजार वढ्न सक्ने कुनै आधार छैन । 

एकजना साना लगानिकर्ताले भने ‘४/१२ को निती सबैभन्दा घातक हो तर यो सच्याएर पनि बैंक लोन दिन सक्ने अवस्थामा छैनन् । त्यसैले, यसको कार्यन्वयन हुन सक्ने आधारनै छैन । ठुला लगानीकर्ताले सानालाई झुक्याउनका लागि गरिएको खेल मात्रै हो यो आन्दोलन ।’ उनले थपे ‘आन्दोलनको भरमा अर्थतन्त्र सुधारिने भए श्रीलंकामा किन यो विकराल अबस्था आउथ्यो र ? आन्दोलनले यो सुधारमा कुनै सम्भावना छैन भनेर बुझेका दोश्रो बजारका पेशेवर व्यवसायिहरुले गरेको अन्दोलन हो यो ।’

यो समाचार तयार पार्दासम्म आज मंगलवार दिउसो करिब १.०० बजे सम्म पनि बजार निरन्तर ओरालो लागिरहेको छ । नेप्से मात्रै होइन समग्र कारोबार रकम समेत निकै ओरालो लागेको छ । 
सोमवारको तुलनामा नेप्से करिब १० अंक भन्दा धेरैले घटेर १९२० को हाराहारीमा छ भने कारोवार रकम पनि आधा अर्ब अर्थात ५० करोडको हाराहारीमा छ । आजको कारोबार अवधिको आधा समय वित्दा भएको आधा अर्बको अवस्थाले आजको दिनको कारोबार रकम पनि १ अर्ब भन्दा माथि नउक्लने लक्षण देखाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation