सिभिल बैंकको दोब्बर प्लस र तेब्बर प्लस मुद्दती योजनादशलाख सम्मको जीवन बीमा सुबिधा

 अर्थ बुलेटिन   ५ सावन, २०७९



काठमाडौं । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु – दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ । 

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्तगर्न सक्नेछन् । 

यति मात्र नभई यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक रु दश लाख सम्मको जीवन बीमा सुबिधा (रिलायन्स लाईफ इन्सुरेन्ससंगको सहकार्यमा) र रु दश लाखको दुर्घटना बीमा सुबिधा(अजोड इन्सुरेन्स संगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईने बैंकले जनाएको छ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिनाकुनै झन्झट उपलब्ध गराईनेछ ।

बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्पmत सेवा प्रदान गरिरहेकोे पनि बैंकले जनाएको छ । साथै बैंकले गत आषाढ मसान्तसम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे विज्ञप्ती मार्फत जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation