![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
वजारमा साना लगानीकर्ताको संख्या पनि उल्लेख्य भएकाले शुक्रवारको मौद्रिक नीतिले सानालाई उत्साहित बनाएको छः साना लगानीकर्ता
आइतवार कारोवारका हिसावले पनि वजार सुखद्नै बनेको छ । यस दिन झण्डै ३ अर्बको कारोवार भएको छ ।
हत्तारीएर शेयर बजारमा लगानी गर्ने वेला अझै आएको छैनः ठुला लगानीकर्ता
काठमाडौं । गत शुक्रवार राष्ट्र बैंकले ४/१२ को नीतिलाई केहि खुकुलो बनाउदै ल्याएको आ.व. २०७/०८० को मौद्रिक नीतिले आइतवारको शेयर वजारमा सकारात्मक प्रभाव पारेको छ ।
शेयर लगानीकर्ताहरुका अनुसार आफ्नो माग शत्प्रतिशत सम्वोधन नभएको भएपनि केहि हदसम्म राष्ट्र बैंकले सम्वोधन गर्दा लगानीको वातावरण बनेकोले आइतवार बजार बढेको हो ।
आइतवार नेप्से परिसूचक ३.०३ प्रतिशत अर्थात ६१.०५ अंकले बढेर २०७८.५१ अंकमा पुगको छ । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १२.०९ अंकले बढेको छ ।
आइतवार कारोवारका हिसावले पनि वजार सुखद्नै बनेको छ । यस दिन झण्डै ३ अर्बको कारोवार भएको छ ।
आइतवार ६४ लाख २३ हजार १५६ कित्ता शेयरको कारोवार हुदाँ २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६.५२ रुपैयाँको शेयर खरिद विक्रि (कारोवार) भएको छ ।
आज सबैभन्दा धेरै कित्ता शेयर र कारोवार रकम गरेर दुबैमा शिभम् सिमेन्टले कारोवार धेरै भएको छ ।
आइतवार कुल १८० वटा कम्पनीको कारोवार भएकोमा १७९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मुल्य घटेको छ । यस दिन ६ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नकारात्मक सर्किट कुनै पनि कम्पनीमा लागेको छैन ।
आइतवारको बजारलाई समिक्षा गर्दै साना र ठुला लगानीकर्ताहरुले फरक फरक धारणा राखेका छन् । साना लगानीकर्ताहरु भन्छन् ‘राष्ट्र बैंकको मौद्रिक नीतिले साना लगानीकर्ताका लागि बनेको माहोलका कारण आइतवार बजार बढेको हो । वजारमा साना लगानीकर्ताको संख्या पनि उल्लेख्य भएकाले शुक्रवारको मौद्रिक नीतिले सानालाई उत्साहित बनाएको छ । यसले अव बजार सुखद् वाटोमा हिड्न सक्छ ।’
ठुला लगानीकर्ताहरुको बुझाई भने फरक छ ‘यो माहोलले बजारलाई केहि समय बढाएपनि ठुला लगानीकर्ताका लागि माहोल नबन्दासम्म आइतवारको बजार बढाइलाई सुखद् नै मान्न भने मिल्दैन । देशको आर्थिक अवस्था धरासायि भएका वेला शेयर वजार निरन्तर बढ्छ भन्ने कल्पना गर्न सकिदैन । त्यसैले, सावधानि पुर्बक लगानी गर्नु अहिलेको बुद्धिमानी पन हो ।
ठुला लगानीकर्ताहरुको सुझाव छ, ‘आवेगमा आएर हत्तारीएर लगानी गर्ने वेला अझै आएको छैन । आइतवार बढेको मार्केट क्षणिक हुन सक्छ । अझै केहि दिन बजारको गति हेरेर मात्रै लगानी गर्नु राम्रो हुनेछ ।’