अस्पताल र होटलमा गरिमाको छुट सम्झौताडेविट कार्ड र डिजि बटुवावाट भुक्तान गर्दा छुट हुने

 अर्थ बुलेटिन   ११ सावन, २०७९



‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०% छुट

‘सिराई होटल’ बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट​

चितवन । यस विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । 

सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरी बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउन सक्नुहुनेछ ।

साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्न सक्नुहुनेछ । 

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation