नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरकाे सेयर काराेबार खुला

 अर्थ बुलेटिन   १२ सावन, २०७९



काठमाडौं।  विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर काराेबार खुला भएकाे छ । बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएकाे छ ।

सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियाे । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation