![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं। सुनकाे मूल्य बढेकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुनकाे मूल्य प्रतिताेलामा ८०० रुपैयाँले बढेकाे हाे । बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।