आर्थिक वर्ष २०७८–७९मा ५ अर्बको आईपीओ बजारमाडिम्याट खाता ५३ लाख नाघ्यो

 अर्थ बुलेटिन   १६ सावन, २०७९



लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् ।

जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आर्इपीओ जारी गरेको थियो । आर्इपीओ जारी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् । 

त्यस्तै, सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आईपीओमार्फत बिक्री गरेको थियो । कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन् । यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ । आर्इपीओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ ।

लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation